close

पढाइ कार्यक्रम अन्तर्गत २२ जिल्लामा समन्वय समिति गठन हुने

पढाइ कार्यक्रम अन्तर्गत २२ जिल्लामा समन्वय समिति गठन हुने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमका लागि सरकारले देशभरका २२ वटा जिल्लामा समन्वय समिति गठन गर्न निर्देशन दिएको छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ाष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम लागू भएका जिल्लाहरुमा समन्वय समिति गठन गर्न सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइहरुलाइ निर्देशन दिएको हो ।

 

केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माका अनुसार समन्वय समिति सम्वन्धित शिक्षा विकास तथा समन्वय इकाइको संयोजकत्वमा गठन हुने छ । समितिमा जिल्ला शिक्षक महासंघ, गैर सरकारी संस्था महासंघ, पत्रकार महासंघ र अभिभावक संघका प्रतिनिधि सदस्य रहने छन् ।

 

यस्तै शिक्षा विकास तथा समन्वय इकाइमा रहेका संघ संस्था संग समन्वय गर्ने अधिकृत वा सो नभए प्राविधिक सहायक एकजना, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखबाट मनोनित बिषय बिज्ञ एकजना र राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमको जिल्ला समन्वय समितिबाट मनोनित स्थानीय तहको शिक्षा हेर्ने दुईजना अधिकारी समन्वय समिति सदस्य हुने छन् ।

 

सरकारले ताप्लेजुङ, धनुषा, रसुवा, तनहुँ, खोटाङ, म्याग्दी, नवलपरासी(बर्दघाट सुस्ताश्चिम), दैलेख, अछाम, महोत्तरी, सर्लाही, सिन्धुपाल्चोक, रौतहट, कपिलवस्तु, भोजपुर, सिराहा, सिन्धुली, बारा, बाग्लुङ, रोल्पा, सल्यान र डोटी जिल्लामा राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम लागु गरेको छ । राष्ट्रिय प्रारम्भिक शिक्षा पढाइ कार्यक्रम लागु भएका जिल्लाहरुमै समन्वय समिति गठन हुनेछन् ।