close

बुटवलमा ‘जथाभावी नथुकौँ है’

बुटवलमा ‘जथाभावी नथुकौँ है’

Trulli
ADVERTISEMENT

रूपन्देही- रोटरी ई-क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालले ‘जथाभावी नथुकौँ’ अभियान सुरु गरेको छ ।


थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश दिन अभियान सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए । अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट शुभारम्भ गरिएको छ ।


अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं.- ४ का वडा अध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पारे ।


जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकसित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्त्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरू थुककै कारण फैलिने गरेका छन् ।


१०० वर्षअघि युरोपमा स्पेनिस फ्लुको महामारी फैलिँदा गाडी र टोलटोलमा ‘जथाभावी नथुकौँ, थुकले मृत्यु फैलाउँछ’ भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता युरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ । 

 

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनिबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यस विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा. पोखरेलले बताए । उनका अनुसार यस अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर संचालन गरिनेछ ।