close

ठडियो भूकम्पले ढलेको विद्यालय

ठडियो भूकम्पले ढलेको विद्यालय

Trulli
ADVERTISEMENT

बाग्लुङ- २०७२ सालको भूकम्पले विद्यालय क्षतविक्षत भएपछि ४ वर्षसम्म बाग्लुङ नगरपालिका वडा नं. ११ रायडाँडाको महाविद्याजन माविका विद्यार्थीले सास्ती खेपेका थिए । शिक्षकहरूले विद्यार्थीलाई कहिले चौरमा, कहिले छाप्रोमा कोचाकोच बनाएर पढाउनुपर्ने बाध्यता थियो । झरी पर्दा पढाइ नभएर घर फर्काउने समस्या पनि थियो । 


४ वर्षपछि अहिले यो विद्यालय ठडिएको छ । विद्यालय बनेकाले बालबालिकाले कक्षा कोठामा बसेर पढ्न पाएका छन् । खुला चौरमा पढाउने समस्या हटेकामा शिक्षक प्रेमप्रसाद शर्मा खुसी छन् । यहा“ अध्ययन गर्ने ३७५ विद्यार्थीले अब पक्की भवनमा बसेर पढ्ने अवसर पाएको उनले बताए । 


नगरपालिकाभित्रका विद्यालयमा मापदण्ड पूरा गरेर खुलाउने निर्णयपछि यहा“ धमाधम पढाइसमेत थालिएको छ ।


यसअघिको ढुंगामाटोको भवन ध्वस्त भएपछि लामो समय विद्यार्थी र शिक्षकले सास्ती खेपेका थिए । भूकम्प पुनर्निर्माण प्राधिकरणको जिल्ला कार्यान्वयन इकाइमार्फत भवन निर्माण गरिएको हो । भवन बनेपछि सुरक्षित स्थानमा राखेर पढाउन पाएको शर्माले बताए । 


इकाइले ६३ लाख रुपैयाँ बजेटबाट ४ कोठे भवन र गत आर्थिक वर्षको ७३ लाख बजेटबाट अर्को ४ कोठे भवन गरी ८ कोठा निर्माण गरेको थियो । शिक्षा मन्त्रालयको १६ लाख रुपैया“मा अभिभावकले रकम थप गरेर २० लाख रुपैयाँमा अर्को २ कोठे भवनसमेत निर्माण गरिएको छ । ती कोठा निर्माण भएपछि आधुनिक भवनमा राखेर पढाउन सकिएको हो ।


यस्तै समस्या भोगेका बाग्लुङका ४० वटा विद्यालय भवन निर्माण भइसकेका छन् । निर्माणाधीन अधिकांश भवनमा लकडाउनपछि विद्यार्थी राखेर पढाउन थालिएको इकाइका शिक्षा शाखा प्रमुख मोतीप्रसाद चपागाईंले बताए । 


‘भवन बनेपछि विद्यार्थीले आरामले पढ्न लेख्न पाएका छन्’, शान्ति मावि खुंखानीका प्रधानाध्यापक सत्यनारायण सिंहले भने, ‘आधुनिक भवनस“गै शिक्षामा गुणस्तरीयता पनि बनाउ“दै छौँ ।’ यहा“ गाउ“पालिकाको लगानीमा समेत ४ कोठे भवन बनेको छ । एक कम्प्युटर शिक्षकसहित अन्य ३ जना शिक्षकको व्यवस्थापनमा गाउ“पालिकाले सहयोग गरेको हो । 


पुनर्निर्माणको मापदण्डअनुसार बनाउ“दा तुलनात्मक १० देखि १५ प्रतिशत महँगो पर्छ । तर, भूकम्पीय दृष्टिले भने बढी सुरक्षित हुने बाग्लुङ नगरपालिका- ३ को विद्यामन्दिर माविका प्रअ शान्तमणि ढकालले बताए । 


‘धेरै खर्च भए पनि सुरक्षित भवन बनाइएको छ, जोखिमको समस्याबाट ढुक्क छौँ’, ढकालले भने, ‘शिक्षाको गुणस्तर बढाउन सुरक्षाको ग्यारेन्टी भएका भवनले पनि थप ऊर्जा दिने रहेछन् ।’ भवन बनेका विद्यालयले लामो समयसम्म भवनको अभाव र समस्या भोग्नु नपर्ने उनले बताए ।


चालू वर्षका लागि पनि थप ३८ वटा विद्यालय निर्माणाधीन छन् । कोरोना प्रकोप र लकडाउनका कारण प्रभावित भएका काम अहिले ढिला गरी सुरु भएका छन् । भूकम्पले क्षति पुगेका ११२ विद्यालयमध्ये प्राथमिकताका आधारमा भवन बनाउने काम भइरहेको हो ।

 

विद्यालय निर्माण गर्न भौगोलिक अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्र निर्माण अनुमति पाउने व्यवथा छ । पुनर्निर्माण प्राधिकरणको अनुदानमा विद्यालय बनाउनका लागि सम्झौतापछि पनि भवन निर्माण स्थालको अध्ययन र लेआउट निकाल्नुपर्ने प्रावधान छ । 


प्राधिकरणले लगानी गरेका सबै विद्यालयमा कम्तीमा ४ कोठे भवन पक्की बनाउनुपर्ने प्रावधान राखेको हो । बाग्लुङमै ३ कोठे भवन ५ वटा बनाउने लक्ष्य छ । त्यसका लागि प्राधिकरणबाट ३५ लाख ८० हजार र २ कोठे भवन १८ वटाका लागि २३ लाख ९० हजार रुपैया“को दरले आनुदान दिएको छ ।


बाग्लुङस्थित पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले चालू खर्चको तुलनामा पुँजीगत खर्च गर्न सकेको छैन । जिल्लाका २ हजार ४८२ लाभग्राहीमध्ये अहिलेसम्म १ हजार ५०० ले मात्र घर बनाएका छन् । पहिलो किस्ता लगेका २ हजार ३१७  मध्ये ६०० घरले अझै दोस्रो किस्ता लगेका छैनन् ।