close

गाउँका सिंहदरवारः ६ वटा वडा हेर्न एकजना सचिव

गाउँका सिंहदरवारः ६ वटा वडा हेर्न एकजना सचिव

Trulli
ADVERTISEMENT

जुम्ला–जुम्लाको सिंजा गाउँपालिका– ६ वडामा विभाजित छ । ४ नम्बर वडामा सचिवको दरवन्दी लामो समयदेखि रिक्त छ । १५ पुसदेखि सवै वडाको काम एकजना सचिव दलबहादुर रोकायाको जिम्मामा छ ।


वडा कार्यालयमा सिफारिसदेखि अन्य कामको पनि समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । अहिले गाउँपालिकामा जम्मा एक वडा सचिव छन् । केही काम गर्न परे सचिव खोज्दै जानु पर्ने अवस्था रहेको स्थानीय रत्नविर बुढाले बताए ।

 
वडामा रहेका अन्य सहायक कर्मचारीबाट सहयोगमा सिफारिस, बसाई सराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नं १ का अध्यक्ष रणबहादुर रोकायाले बताए । उनले भने गाउँपालिकामै कर्मचारी अपुग छन् । कर्मचारी अपुग भएपछि यसको धेरै थोरै असर जनतालाई पर्ने नै भयो ।


अन्य ५ वडामा सचिव कार्यरत भएपनि अहिले जिल्लाबाट बाहिरिएपछि सवै वडाको जिम्मेवारी दलबहादुर रोकायाले दिएको छ । १ वडाका सचिव घरविदा, २ वडाका सचिव विरामी भएर उपचारमा रहेको वडाध्यक्ष नविन शर्माले बताए । अन्य वडाध्यक्ष सेवाकालिन तालिममा गएकोले अहिले वडामा सचिव नरहेको उनको भनाइ छ ।


हिउदे गाउँसभा अघि वडा तथा गाउँपालिकाको योजना सवै सम्झौता भइसकेका छन् उनले भने अहिले जिल्लामा स्थानीयबासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुदा पनि खासै समस्या नहुने उनको तर्क छ ।


गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीका अनुसार योजना सम्झौता भएपनि जुम्लामा चिसोका कारणले विकास निर्माणका काम सुरु भएका छैनन् । वडाका सचिव सेवाकालीन तालिमका लागि जिल्ला बाहिरिएका हुन् ।