close

दिनभरको पालिकाः बिना धितो ऋण, अँध्यारोमा बित्यो १५० दिन (भिडियाे खबर)

दिनभरको पालिकाः बिना धितो ऋण, अँध्यारोमा बित्यो १५० दिन (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बाराको निजगढ नगरपालिका- १३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, १०२ किलो गाँजा र भरुवा बन्दुकसहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङ पक्राउ, फरार अन्य अभियुक्तको खोजी कार्य जारी ।

 

२) स्थानीयले अदालतको आदेश पनि नमानेपछि डिभिजन सडक कार्यालयले बुटवलको चौराहा-गोलपार्क सडक क्षेत्रका घरमा चलायो डोजर, सडक मिचेर बनाएका घर, टहरा भत्काउन सुरु ।

 

३) सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक रूपमा कृषि तथा पशुपन्छी पालन व्यवसाय गर्न चाहने कृषकलाई १ प्रतिशत व्याजमा कर्जा प्रवाह गराउने, मन्त्रालय र कृषि विकास बैंक तथा सुदूरपश्चिम प्रदेश कार्यालयका बीच सम्झौता ।

 

४)  हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्‍याङमा ४५ वर्षीय एक पुरुषको शव फेला, घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान ।

 

५) ललितपुर महानगरपालिकाले दियो कात्तिक नाच संरक्षण समितिलाई ५० लाख, नगप्रमुख चिरीबाबु महर्जनद्वारा समितिलाई सो रकम बराबरको चेक हस्तान्तरण ।

 

६) रुकुम पूर्वको भूमे गाउँपालिकाले चालू आर्थिक वर्षमा ४ वटा ऐतिहासिक पर्यटकीय स्थलको विकास र विस्तारलाई पूर्णता दिन डीपीआर निर्माण गर्ने, ती स्थानलाई पर्यटकीय स्थल बनाउने पालिकाको योजना ।

 

७) झापाको केर्खाबाट विराटनगर आएका एक युवक मे१ख ३३३३ नम्बरको गाडीभित्रै मृत अवस्थामा फेला परे, मृतक झापाको कमल गाउँपालिकाका २५ वर्षीय राजकुमार थापा ।

 

८) ललितपुरको बागमती गाउँपालिकमा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता जारी, प्रतियोगिता आउँदो बुधबारसम्म संचालन हुने ।

 

९) सिन्धुलीको कमलामाई नगरपालिकाद्वारा ६ जना युवा उद्यमीलाई विनाव्याज र विनाधितो ऋण प्रदान, १९ किस्तामा उक्त रकम तिर्नुपर्ने ।

 

१०) झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बाँड्न थाल्यो स्विटर, जाडोको समयमा स्विटर पाउँदा विद्यार्थी दंग ।

 

११) सिरहाबाट स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एक जना पक्राउ, पक्राउ पर्नेमा सिरहा नगरपालिकाका शिवनाथ यादव ।

 

१२) बाजुराको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघु जलविद्युत्तको नहर पहिरोले भत्काउँदा विद्युत् सेवा ५ महिनादेखि अवरुद्ध, स्थानीय अँध्यारोमा बस्न बाध्य ।

 

१३) बर्दियाको ठाकुरबाबा नगरपालिकाले विपन्न परिवारलाई ८० घर बनाइदिने, पहिलो चरणमा छनोट भएका परिवारसँग नगरले गर्‍यो सम्झौता ।

 

१४) काभ्रेको पनौती नगरपालिकाको आठौँ नगरसभाको बैठक २७ पुसदेखि सुरु हुने, सभाले विभिन्न निर्णय गर्ने ।

 

१५) काठमाडौं महानगरपालिकाले धनकुटाको पाख्रिबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले गर्‍यो प्रस्ताव स्वीकृत ।

 

१६) दार्चुलाको मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन थक्तोली सार्ने निर्णय गरेको भन्दै स्थानीय आन्दोलित, कार्यालयमा तालाबन्दी, कामकाज प्रभावित ।

 

१७) नुवाकोटको विदुर नगरपालिकाले २७ पुसमा परेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दियो सार्वजनिक बिदा, पालिका मातहतका कार्यालय बन्द हुने ।

 

१८) काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने, बत्ती जडानमा महानगको ६० र विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी ।

 

१९) ललितपुर महानगरपालिकाले ‘स्वच्छ शहरका लागि मेरो साइकल’ अभियान चलाउने, नगरप्रमुख चिरीबाबु महर्जन र यूएनडीपीका प्रतिनिधिबीच अभियान संचालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर ।

 

२०) डडेल्धुराको अमरगढी नगरपालिका- ११ मा ना६ख ३८१७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक कैलाली गेटाका ३५ वर्षीय ओमप्रकाश पन्तको मृत्यु, दुर्घटनामा बाजुराको बडिमालिका नगरपालिका- ५ का १८ वर्षीय मदन साउँद घाइते ।