close

पृथ्वी जयन्तीमा झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा झापाका २ स्थानीय तहमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

झापा- झापाका २ स्थानीय तहले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती अवसर पारेर सोमबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाको कचनकवल र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएका हुन् ।

 

कचनकवलमा १७ पुसमा बसेको बैठकले नेपाल एकीकरणका राष्ट्रिय प्रणेता पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन पालिकाभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

 

त्यस्तै, हल्दिबारीमा २३ पुसको कार्यपालिका बैठकले राष्ट्रिय एकता दिवस मनाउन पालिकाभरि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङदेनले बताए । विगतका वर्षमा पनि यी दुई गाउँपालिकाले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा गरेका थिए ।