close

बाख्रा पाल्न कमलामाई आउनूस्ः हातहातै ५० प्रतिशत अनुदान

बाख्रा पाल्न कमलामाई आउनूस्ः हातहातै ५० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकाले बाख्रापालन गर्न चाहनेलाई ५० प्रतिशत अनुदान दिने भएको छ । पालिकालाई मासुमा आत्मानिर्भर बनाउने उद्देश्यले नगरपालिकाले बाख्रापालनमा अनुदान दिने भएको हो ।


स्थानीय स्तरमै बाख्रापालन गर्दै स्वरोजगार बन्न चाहनेबाट अनुदान प्राप्त गर्न आवेदन मागिएको कमलामाई नगरपालिकाका सूचना अधिकारी निर्मल लामाले जानकारी दिए ।


‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कमलामाई नगरपालिका पशु विज्ञान शाखाअन्तर्गत नगरमा बाख्राको साना व्यावसायिक कृषि उत्पादन (पकेट) विकास कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान दिइनेछ’, लामाले भने ।


५० प्रतिशत अनुदान प्राप्त गर्न बाख्रापालन समूह, समिति, सहकारी तथा फार्महरूले फर्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा–जमिनको स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भए कम्तीमा ५ वर्षको सम्झौतापत्र उल्लेख गरी नगरपालिकामा निवेदन दिनुपर्नेछ ।


यस्तै, निवेदकको नागरिकता तथा परिचय खुल्ने प्रमाण प्रतिलिपि, कार्यसमितिको निर्णयको प्रतिलिपिसहित १२ माघभित्र नगरपालिकाको पशु शाखामा आवेदन दिनुपर्नेछ ।