close

मटिहानी-जनकपुर जोड्न बिग्हीमा पुल

मटिहानी-जनकपुर जोड्न बिग्हीमा पुल

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिकाअन्तर्गत मटिहानीमा रहेको बिग्ही पुलको शनिवार शिलान्यास गरिएको छ । 

 

पुल शिलान्यास संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले गरिन् ।

 

कार्यक्रममा मन्त्री महतोले देशलाई विकासको गतिमा लैजान राजनीति हुन नहुनेमा जोड दिइन् ।

 

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले बिग्ही पुल बनेपछि मटिहानीबासीलाई आउजाउ सहज हुने बताए । 

 

सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरका प्रमुख सञ्जय मिश्रले तोकिएको समयमै पुल निर्माण हुने विश्वास व्यक्त गरे ।

 

मटिहानी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष गणेश प्रसादले शिलान्यास गरिएको पुल समयमै सक्न सरोकारवालाको दबाब आवश्यक भएकामा जोड दिए ।


रामजानकी पथअन्तर्गत रहेको मटिहानी- जनकपुर सडक जोडने बिग्ही नदीमा निर्माण हुने सो पुल ५० मिटर लामो हुनेछ । पुल ७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिने सडक डिभिजन कार्यालय मुजेलियाले जनाएको छ ।