close

पालिकाका २० खबरः सरुवा माग्दै अनशनदेखि बाख्रा तरक्की सम्म (भिडियो खबर)

पालिकाका २० खबरः सरुवा माग्दै अनशनदेखि बाख्रा तरक्की सम्म (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सरुवा माग्दै सुर्खेतको गुर्भाकोट नगरपालिकाका शिक्षक उत्तम विश्कर्माले सुरु गरे नगर शिक्षा शाखामा आमरण अनशन, विश्वकर्माको पटकपटकको मौखिक आग्रहलाई नगर शिक्षा समितिले सुनुवाइ नै गरेन ।

 

२) लम्जुङको मर्स्याङ्दी गाउपालिकाको घेर्मु गाउँमा पहिलो पटक पुग्यो गाडी, गाडी पुग्दा गाउँवासी दंग ।

 

३) खोटाङको जन्तेढुंगा गाउँपालिकाका विद्यालयमा पुमा राई र वान्तवा राई भाषामा पठनपाठन सुरु, पालिकाका ३६ वटा विद्यालयमा पढाइ ।

 

४) जनकपुरधाम उपमहानगरद्वारा पत्रकार उमा सिंहको स्मृतिमा ५ लाख रुपैयाँको अक्षय कोष स्थापना, उत्कृष्ट काम गर्ने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने ।

 

५) विदेशबाट फर्किएर आएका युवालाई कृषि पेसामा लगाउन मोरङको लेटाङ नगरपालिकाले कार्यक्रम संचालन गर्ने, कार्यक्रममा छनोट भएका युवालाई सम्झौता गर्न आउन नगरपालिकाले जारी गर्‍यो सूचना ।

 

६) जुम्लाको पातारासी गाउँपालिकामा कोभिड अस्थायी अस्पताल स्थापना, अब पालिकावासीले गाउँमै उपचार पाउने ।

 

७) काठमाडौंको बालाजुबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ, पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका- ७ का २२ वर्षीय भीमसेन खड्का ।

 

८) माघी पर्व मनाउन कैलालीको कैलारी गाउँपालिकाले ३ दिन बिदा दिने, पालिकाको निर्णयले थारू समुदाय खुसी ।

 

९) पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति, नगद, गरगहना र अन्नपातसमेत जलेर नष्ट ।

 

१०) लागुऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा मोरङका २ स्थानबाट ४ जना पक्राउ, पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर र जोख्नका लागि ल्याइएको तराजु पनि बरामद ।

 

११) ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले जंक फुडको प्रयोग गर्ने विद्यालयको अनुदान कटौती गर्ने, दिवा खाजा कार्यक्रममा सहभागी विद्यार्थीको अभिलेख तयार गरी पेस गर्नुपर्ने ।

 

१२) दाङको राप्ती गाउँपालिका वडा नम्बर- ६ को आयोजनामा फुटबल प्रतियोगिता सुरु, प्रतियोगितामा १५ समूहको सहभागिता ।

 

१३) दाङको घोराही उपमहानगरपालिकाद्वारा मातृशिशु स्वास्थ्य सुधार गर्न उपप्रमुख खुत्रुके बचत कार्यक्रम सुरु, खुत्रुके बचत कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन ।

 

१४) काभ्रेको पनौती नगरपालिकाको नगर अस्पताल निर्माण गर्न खोपासी सहकारी संस्थाले १६ रोपनी जग्गा सहुलियतपूर्ण रूपमा नगरपालिकालाई उपलब्ध गराउने, नगरपालीका र खोपासी सहकारी संस्थाबीच जग्गा सम्झौता ।

 

१५) सिन्धुलीको कमलामाई नगरपालिकाले बाख्रा पालन गर्ने व्यवसायीलाई ५० प्रतिशत अनुदान दिने, पालिकालाई मासुमा आत्मनिर्भर बनाउने नगरको लक्ष्य ।

 

१६) अस्थायी ठाउँमा रहेको पर्वतको फलेवास नगरपालिका केन्द्र स्थायी ठाउँमा सर्ने, कार्यपालिकाको बैठकद्वारा खानीगाउँस्थित झकलकमा केन्द्र सार्ने निर्णय ।

 

१७) सिरहाको धनगढीमाई नगरपालिकाको आयोजनामा प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता सुरु, फाइनल खेल ३ माघमा हुने ।

 

१८) जग्गाको स्वामित्व माग्दै कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकुम्वासी आन्दोलित, सुकुम्वासीले गरे नगरपालिका घेराउ ।

 

१९) पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखाका ५ पालिकाले दिए सार्वजनिक बिदा, बिदा दिनेमा गोरखा र पालुङ्टार नगरपालिका तथा अजिरकोट, सिरानचोक र भीमसेन थापा गाउँपालिका ।

 

२०) कोरोना संक्रमणका कारण एक स्थानीयवासीको मृत्यु भएपछि बैतडीको दशरथचन्द नगरपालिका– ४ को गढी क्षेत्र ६ माघसम्म सिल गर्ने निर्णय ।