close

जनकपुरमा जसपाको विरोधसभा : राजेन्द्र महतोलाई युवाहरूले देखाए कालो झन्डा 

जनकपुरमा जसपाको विरोधसभा : राजेन्द्र महतोलाई युवाहरूले देखाए कालो झन्डा 

Trulli
ADVERTISEMENT

धनुषा- जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरूको एक समूहले सोमबार कालो झन्डा देखाएको छ । प्रतिनिधिसभा विघटनविरुद्व प्रदर्शनमा सहभागी हुन जान लागेकै बेला युवाहरूले उनलाई कालो झन्डा देखाएका हुन् ।


कालो झन्डा देखाउने क्रममा युवाहरूले राजेन्द्र महतो मुर्दावाद, सहिदको सपना साकार गर, सहिदको भावनासँग खेलवाड गर्न पाइँदैनलगायत नारा लगाएका थिए ।


जसपाले जनकपुरको रेल्वे स्टेसनमा प्रतिनिधिसभा विघटनविरुद्व आयोजना गरेको विरोधसभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई युवाहरूले भानुचोकमा कालो झन्डा देखाएका हुन् । चुनावअघि सहिद परिवारलाई ५० लाख रुपैयाँ दिने भने पनि पूरा नगरेकाले कालो झन्डा देखाइएको एक युवाले बताए ।


जनकपुरमा विरोधसभा

 

जसपाले सोमबार जनकपुरमा विरोधसभा गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले विरोधसभा आयोजन गरेको हो । विरोधसभामा जसपाका केन्द्रीय नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, वृशेष चन्द्रलाल, रेणु यादव र जितेन्द्र सोनललगायतको सहभागिता थियो ।

 

जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह दलबलसहित नारा-जुलुस लिएर विरोधसभा स्थल पुगेका थिए । जसपाले जित हासिल गरेका जनकपुरका विभिन्न वडाका वाडाध्यक्षहरूको अगुवाइमा ¥यालीसमेत निकालिएको थियो ।