close

मेयरले जोशमा होस गुमाएपछि ...

मेयरले जोशमा होस गुमाएपछि ...

Trulli
ADVERTISEMENT

धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघठनको कदम असंवैधानिक भन्दै दलहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा नेता कार्यकर्ता त सडकमा देखिनु समान्य नै होला । पालिकाका प्रमुख, उपप्रमुख पनि त्यहि भिडमा सामेल भइरहेका छन् । यो पनि समान्य नै होला किनकी तिनै दलको प्रतिनिधित्व गर्दै उनीहरु प्रमुख, उपप्रमुख बनेका हुन् । 

 

तर, सोमबार एउटा असामान्य घट्ना देखियो ।  

 

पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार जनकपुरमा जनता समाजवादीको विरोध प्रदर्शन थियो । त्यहि प्रदर्शनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर शाह पनि थिए । हुन त अरु पालिकाका जनप्रतिनिधि पनि थिए । 

 

मेयर शाहले टाउकोमा पार्टीको ब्यानर बाँधिसकेपछि उनी यसरी जोसिए कि त्यसमा सिमा रहेन । कम्युनिष्ट शैलीमा दुवै हात मुठि पारेर जोशिलो नारा लगाइरहेका मेयरले आफु पछाडि रहेकी महिलाको होसै गरेनन् । मेयरकाे जाेशिलाे हात उठाउँदा पछाडिपटिकी महिला घाइते भइन् । 

 

हातले आफ्नो टाउको बँचाउन खोज्दा खोज्दै पनि उनी घाइते भइन् । मेयरको जोश ति महिलालाई ठूलो पीडादायी बन्यो ।

 

जोशमा त थाहा पाएनन् मेयर शाहले तर जब पछि थाहा पाए उनी र उनीसँगै रहेका जनकपुर बस व्यसायी संघका अध्यक्ष मनोज शाहले महिला नेत्रीसँग माफि मागे । चोट लागेकि महिलाको अहिले अवस्था सामान्य रहेको छ ।

 

भिडमा सहभागी एक नेताले रमाईलो पारामा भने, ‘कार्यकर्ताले होस गुमाए पनि सम्हाल्नुपर्ने नेताले नै होस गुमाउनु भएन नि ।’