close

माटो ओसारपसारलाई खुकुलो बनाउँदै चाँगुनारायण

माटो ओसारपसारलाई खुकुलो बनाउँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले माटो ओसारपसारका लागि टेन्डर आह्वान गरेको छ । टेन्डर आह्वानसँगै नगरभित्रको माटो ओसारपसारमा सहज हुनेछ । 


नगरपालिकाले नगरबाट अन्यत्र माटो ओसारपसारका लागि सूचना जारी गरेको हो । पालिकाको स्थानीय आम्दानी स्रोत भएको भन्दै सूचना प्रकाशन गरेको नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीका अनुसार नगरको आन्तरिक आय संकलनका लागि टेन्डर आह्वान गरेको हो । 


नगरपालिकाले नगरबाट बाहिरिने माटो पाँगो र इँटाको कर असुलीसम्बन्धी कार्यका लागि न्यूनतम २५ लाख रुपैयाँ निर्धारण गरेको छ ।


इच्छुक व्यक्ति या कम्पनीले सूचना प्रकाशन भएको ३० दिनभित्र नगरपालिकामा ३ हजार रुपैयाँ दस्तुर तिरी बोलपत्र फाराम भर्न सकिनेछ । सूचनाअनुसार २८ माघमा नगर कार्यालयमा बोलपत्र खोलिनेछ ।