close

विद्यार्थीलाई जाडाेबाट जाेगाउन पालिकाले दियाे स्विटर

विद्यार्थीलाई जाडाेबाट जाेगाउन पालिकाले दियाे स्विटर

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको सहिदभूमि गाउँपालिकाले विपन्नसँग अध्यक्ष कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत बालबालिकालाई स्विटर हस्तान्तरण गरेको छ ।

 

गाउँपालिकाले पालिकाभित्रका विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका प्रमुख तथा प्रतिनिधिमार्फत विद्यार्थीलाई स्विटर हस्तान्तरण गरेको हो ।

 

जाडोका कारण विद्यालयमा विद्यार्थी नघटून् र पठनपाठनमा असर नपुगोस् भनेर बालविकासदेखि कक्षा ३ सम्मका सबै विद्यार्थीलाई स्वीटर वितरण गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

 

गाउँपालिकाले विपन्नसँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा छुट्याएको ५ लाख रुपैयाँबाट १ हजार २ सय ७१ थान स्विटर खरिद गरी पालिकाभित्रका ३९ वटा विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।