close

घ्याङलेखमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

घ्याङलेखमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र नभएको स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने सरकारको नीतिअनुसार केन्द्र सञ्चालनमा आएको हो ।

 

घ्याङलेखको वडा नम्बर २ डुम्रेमा नागरिक आरोग्य सेवा केन्द्रको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष जगत भोलनले स्थानीयको स्वास्थ्यमा पहुँच बढ्ने विश्वास व्यक्त गरे । 

 

‘पालिकामा रहेको महाभारत क्षेत्रमा बहुमूल्य जडीबुटी पाइने भए पनि यसको प्रयोग विधि र उपयोगिता विषयमा स्थानीय अनविज्ञ हुँदा सेवा केन्द्रबाट नागरिकले यसको प्रयोग र फाइदाबारे जानकारी लिन सक्छन्’, अध्यक्ष भोलनले भने ।


आरोग्य केन्द्र स्थापनापछि पालिकाबासीलाई स्वास्थ्योपचार गर्न सदरमुकाम जानुपर्ने झन्झटबाट मुक्ति मिलेको उनको धारणा छ । 


कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज दीपकराज तिमल्सिनाले संघीय सरकारको ससर्त अनुदान अन्र्तगत हालसम्म आयुर्वेद स्वास्थ्य केन्द्र नभएको स्थानमा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने नीतिअनुसार घ्यालेखमा सेवा केन्द्र स्थापना गरिएको जानकारी दिए ।


बाँकी रहेका अन्य स्थानीय तहमा अगामी वर्षसम्म केन्द्र स्थापना गरिसक्ने लक्ष्य रहेको उनले बताए । आरोग्य केन्द्रमा बिरामी जाँच, औषधी वितरण, पञ्चकर्म (पूर्वकर्म) योगालगायत आयुर्वेदसम्बन्धी सेवा उपलब्ध गराइनेछ । प्राविधिक तथा १ जना वैद्यले सेवा प्रवाह गर्नेछन् ।