close

आज दिनभरः साँढेको आक्रमणबाट गयो ज्यान, अवैध क्रसर बन्द गर्न किन पुगेन ध्यान ? (भिडियाे खबर)

आज दिनभरः साँढेको आक्रमणबाट गयो ज्यान, अवैध क्रसर बन्द गर्न किन पुगेन ध्यान ? (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा मानसिक रोगसम्बन्धी स्वास्थ्य परीक्षण सम्पन्न, शिविरबाट नगरबासी लाभान्वित ।


२) जाडो बढेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले बाँड्यो ज्येष्ठ नागरिकलाई कम्मल, कम्बल पाउँदा ज्येष्ठ नागरिक दंग ।


३) धादिङको धुनिबेँसी नगरपालिकाले कृषक, व्यावसायिक कृषि फार्म र सहकारीलाई कृषि व्यवसाय सञ्चालन गर्न अनुदान दिने, इच्छुक व्यक्ति र समूहले १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्नुपर्ने ।


४) बैतडीको पुर्चौडी नगरपालिकाले सुत्केरीलाई बाँड्न थाल्यो पौस्टिक खानेकुरा, चार पटक स्वास्थ्य संस्थामा गर्भजाँच गराएर बच्चा जन्माएका आमाहरूले पाउँछन् कोसेली ।


५) सुर्खेतको पञ्चपुरी नगरपालिकाले सञ्चालनमा ल्यायो अस्थायी कोरोना अस्पताल, नगरप्रमुख उपेन्द्रबहादुर थापाले गरे अस्पतालको उद्घाटन ।


६) कागजपत्र नभएको ६३ क्युफिट सालको चिरान काठसहित दाङको गढवा गाउँपालिकाबाट रा१ख ९९५ नम्बरको टिपर प्रहरीको नियन्त्रणमा,  काठ र टिपर प्रहरीले सव–डिभिजन वन कार्यालयलाई बुझायो ।


७) मोरङको विराटनगर विमानस्थलको क्षेत्र अधिग्रहण गर्दै गर्दा सरोकारवाला निकाय, उचित मुआब्जासहित क्षतिपूर्तिको मागसहित संघर्षमा उत्रिए, १५ सदस्यीय संघर्ष समितिसमेत गठन ।


८) १४ वटा मोटरसाइकलसहित चोरीमा संलग्न सात जना झापाबाट पक्राउ, पक्राउ परेका सातै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइयो ।

 

९) सुर्खेतको लेकबेंसी नगरपालिका वडा  नम्बर ८ मा अवैध क्रसर सञ्चालनका लागि वडा अध्यक्ष लालबहादुर टंलामीले नै जग्गा भाडामा दिएको खुलासा, लेकबेंसीमा सञ्चालित सबै क्रसर अवैध ।

 

१०) बाजुराको बडिमालिका नगरपालिकाको आठौँ नगरसभामार्फत ८ वटा कार्यविधि तथा निर्देशिका पारित, सातौँ नगरसभापछि  नगरपालिकाबाट भएको खर्च विवरण पनि सार्वजनिक ।


११) बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एक जना पक्राउ, पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ का ३० वर्षीय इसाइल खाँ ।


१२) सप्तरीमा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु, मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका-२ का ८० वर्षीया दुर्गीदेवी साह ।


१३) काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ११ मा  थुछुछे गुम्बा निर्माण हुने,  ४० लाखको लगानीमा निर्माण हुने गुम्बाको नगरप्रमुख अशोक व्यान्जुद्वारा शिलान्यास ।


१४) काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुस्थित ढलमा खसेर एक पुरुषको मृत्यु, मृतक स्याङ्जाको वालिङ नगरपालिका घर भई सोही ठाउँ बस्ने देवबहादुर थापा ।


१५) पालिकाभित्रका ज्येष्ठ नागरिकलाई घरघरमै गएर भत्तासँगै न्यानो कपडा वितरण गर्दै झापाको कमल गाउँपालिका, कार्यक्रमअन्तर्गत २ सय ७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिने ।


१६) धनकुटाको सहिदभूमि गाउँपालिकाले विपन्नसँग अध्यक्ष कार्यक्रमअन्तर्गत पालिकाभित्र अध्ययनरत बालबालिकालाई वितरण गर्‍यो स्विटर, ३९ वटा विद्यालयका विद्यार्थीले पाए स्विटर।


१७) हुम्लाको खार्पुनाथ गाउँपालिकाले गर्भवती महिलालाई बाँड्न थाल्यो निमन्त्रणा कार्ड, यो व्यवस्था गाउँपालिकाका ५ वटै वडाका स्वास्थ्य संस्थामा लागू ।


१८) प्रदेश १ सरकारले उद्यमशीलता प्रवर्द्धनका लागि प्राविधिक धार सञ्चालन भएका सामुदायिक विद्यालयमा ‘एक शैक्षिक संस्था, एक उद्यम कार्यक्रम’ सञ्चालन गर्ने, प्रदेशभरिका विद्यालयसँग मागियो प्रस्ताव  ।

 

१९) काठमाडौं महानगरपालिकाको आठौँ नगरसभाको अधिवेशन जारी, नगरसभा बैठकमा चालू आर्थिक वर्षका ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव, ३ वटा विधेयक प्रस्तुत ।


२०) माघे सँक्रान्तिमा नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाइ मेला हुने, ३१ हल गोरु जुधाइने ।