close

पनौती नगरपालिकाको आठौँ नगरसभा : नगर अस्पताल निर्माण सम्झौता अनुमोदन 

पनौती नगरपालिकाको आठौँ नगरसभा : नगर अस्पताल निर्माण सम्झौता अनुमोदन 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको पनौती नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । सभामा गत वर्ष नगरपालिकाले हासिल गरेको भौतिक तथा वित्तीय प्रगतिको विवरण र चालू आव २०७७/७८ मंसिर मसान्तसम्मको शाखागत प्रगति प्रतिवेदन पारित भएको छ ।


पनौती र खोपासी सहकारी संस्थाबीच नगर अस्पताल निर्माण गर्ने प्रयोजनका लागि भएको सम्झौता सभाले अनुमोदन गरेको छ ।


यसैगरी पनौतीभित्र विभिन्न विषयमा आवश्यक कानुन निर्माण गर्ने क्रममा कार्यपालिकाले प्रस्तुत गरेको ५ वटा विभिन्न विषयका विधेयक पनि बैठकले पारित गरेको छ ।

 

खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक, वातावरण तथा सरसफाइ विधेयक, वन विधेयक, युवा तथा खेलकुद परिषद् विधेयक र मानव अधिकार परिषद् विधेयक प्रस्ताव पनि अनुमोदन भएको छ ।


नगरपालिकाको वडा नम्बर १, २, ३ र १२ महाभारत शृंखलासँग जोडिएका वडामा २ सयभन्दा बढी प्रजातिका चरा रहेकाले बर्ड वाचिङका लागि यस क्षेत्रलाई ‘चरा संरक्षण क्षेत्र घोषणा, नौबीसे-नेपालबेंसी, पनौतीलगायत फाँटलाई कृषि पकेट क्षेत्र घोषणा सर्वसम्मति पारित भएको छ । 


नगरपालिकाको गत आव २०७५/७६ को महालेखा परीक्षकबाट सम्पन भएको अन्तिम लेखा परीक्षण प्रतिवेदन र नगरपालिकाको लेखासमितिसहितको प्रतिवेदन पनि सभाले पारित गरेको छ ।