close

नमुना विद्यालय बनाउँदै सैनामैना

नमुना विद्यालय बनाउँदै सैनामैना

Trulli
ADVERTISEMENT

रुपन्देही- सैनामैना नगरपालिकाले मुर्गियामा रहेको पर्राेहा माविलाई नमुना विद्यालय बनाउने भएको छ । भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सर्वे, निरीक्षण र डिजाइन गर्ने काम सुरु भएको सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।


विद्यालयका १६ कोठा निर्माणका लागि ४ करोड बजेट व्यवस्था भइसकेको नगर प्रमुख कार्की बताउँछन् । विद्यालयलाई पुरानै भवनको झल्को दिने गरी प्राचीन संरचना झल्किने गरी निर्माण गर्न पनि नगर प्रमुख कार्कीले प्राविधिकलाई सुझाएका छन् ।नगरपालिकाले नमुना विद्यालय बनाउने काम यसैवर्ष सक्ने लक्ष्य राखेको कार्कीले बताए ।