close

ज्यान मार्ने उद्योगमा ढोरपाटनका वडाअध्यक्ष पक्राउ

ज्यान मार्ने उद्योगमा ढोरपाटनका वडाअध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–४ खुंगाका वडा अध्यक्ष तिलक पुनलाई प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


बुधबार दिउँसो ३ वजे पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याईंदै छ । उनी आफ्नै घरबाट पक्राउ परेका हुन् ।


ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएकाले उनलाई पक्राऊ गरिएको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए । २०७६ सालमा भएको कुटपिटको घटनालाई लिएर सोही वडाका लाल बहादुर बिक लगायत तीन जनाले उनी विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।


१२ कात्तिक, २०७६ मा खुंगामा एक आपसमा झगडा हुँदा केही स्थानीय घाइते भएका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरानो मुद्धा भएकाले पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याएपछि अदालत पेश गरिने भण्डारीले बताए ।