close

बाग्लुङ नगरको आठौँ नगरसभामा २ वटा प्रस्ताव टेबुल

बाग्लुङ नगरको आठौँ नगरसभामा २ वटा प्रस्ताव टेबुल

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङ नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । हिउँदे सभाका रूपमा लिइने नगरसभामा २ वटा प्रस्ताव प्रस्तुत भएका छन् ।

 

प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन बनाउन विधायन समितिले विधेयक नगरसभामा प्रस्तुत गरेको छ ।

 

संयोजक लक्ष्मी बाँस्कोटाले विधेयक प्रस्तुत गरेकी हुन् । त्यस्तै, हिउँदे सभामा बजेट र करमा संशोधन प्रस्तुत भएको छ ।

 

उपप्रमुख सुरेन्द्र खड्काले उक्त प्रस्ताव पेस गरेका हुन् । आठौँ नगरसभाको अर्को बैठक आगामी ९ माघका लागि बोलाइएको छ ।