close

दिनभरको पालिकाः शाक्यलाई गगनको झटारो, पालिकामा नगरसभाको चटारो (भिडियाे खबर)

दिनभरको पालिकाः शाक्यलाई गगनको झटारो, पालिकामा नगरसभाको चटारो (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) तेह्रथुमको लालीगुँरास नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने माग लिएर जनप्रतिनिधि पुगे गृहमन्त्री रामबहादुर थापालाई भेट्न, सरकारी सेवा लिन नगरवासी अझै सास्ती खेप्दै ।


२) मानवअधिकार तथा शान्ति समाजले मोरङको कटहरी गाउँपालिका- ७ का ज्येष्ठ नागरिक, विपन्न दलित परिवारलाई ३१५ थान कम्बल वितरण, चिसोको समयमा कम्बल पाउँदा विपन्न परिवार दंग ।


३) अवैध वन्यजन्तु तस्करीमा संलग्न रहेको आरोपमा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना पक्राउ, पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका- ६ का ५३ वर्षीय लक्ष्मीचन्द्र शाही ।


४) रूपन्देहीको सियारी गाउँपालिकामा कोभिड- १९ अस्थायी अस्पताल संचालन, गाउँपालिका अध्यक्ष अयोध्या थारूले गरे अस्पताल उद्घाटन ।


५) काठमाडौंको वसुन्धारा चोकबाट हाब्रेको छालासहित २ जना पक्राउ, पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिकाका जय भण्डारी र जेनस सार्की ।


६) कमलपोखरीको निर्माण कार्य तत्कालका रोक्न काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कांग्रेस नेता गगन थापाले लेखे पत्र, स्थानीय जनप्रतिनिधिले समेत गरे निर्माण कार्यको विरोध ।


७) बैतडीको मेलौली नगरपालिकाको सातौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न निर्णय ।

 

८) काठमाडौंको चन्द्रागिरि नगरपालिका- ४ बस्ने ५२ वर्षीय होमबहादुर सुधारको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय रामकृष्ण तामाङ पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।

 

९) भक्तपुर नगरपालिकाको आठौं नगरसभा सुरु, सभाले गर्ने भयो विभिन्न निर्णय ।

 

१०) सिन्धुलीको घ्याङलेख गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना, केन्द्र स्थापनापछि पालिकावासीले स्वास्थ्योपचार गर्न सदरमुकाम जानु नपर्ने ।

 

११) झापाको भद्रपुर नगरपालिका- ३ मा अवस्थित एक कुखुरा फार्ममा आगलागी, ४ लाख रुपैयाँभन्दा बढीको नोक्सानी, फार्म र कुखुरा जलेर नष्ट ।

 

१२) खोटाङको जन्तेढुंगा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि एक साताका लागि पठनपाठन बन्द गर्ने निर्णय, प्रशासनिक कार्य भने संचालन गराउन विद्यालयलाई पत्राचार ।


१३) बाँकेको खजुरा गाउँपालिकाको आठौँ गाउँसभाले गर्‍यो पालिकालाई प्लास्टिकमुक्त बनाउने प्रस्ताव पारित, मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार ९५६ रुपैयाँ राजस्व संकलन ।

 

१४) कोरोना महामारीका कारण बन्द मध्यपुर थिमि नगरपालिकाका सबै विद्यालय ४ माघदेखि खुल्ने, विद्यालय संचालन गर्न नगरभित्रका सबै विद्यालयले कार्ययोजना र शिक्षण योजना तयार गर्नुपर्ने ।

 

१५) सर्लाहीमा लागुऔषध गाँजासहित एक दम्पती पक्राउ, पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका- ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिलादेवी साह ।


१६) सिन्धुलीको कमलामाई नगरपालिकाको आयोजनामा भूमिहीन र अव्यवस्थित बसोवासीको लगत संकलनसम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको उल्लेख्य सहभागिता ।


१७) बाग्लुङको ताराखोला गाउँपालिकामा एकीकृत नमुना कृषि फार्म संचालनका लागि १६ कृषि फार्म र कृषक समूह परे छनोटमा, आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई कार्यान्वयनमा जाने ।


१८) बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण तराईको जनजीवन प्रभावित, चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने वर्ग बढी मारमा ।


१९) जोखिम भत्ता नपाएपछि बाराको कलैयामा रहेको जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले सुरु गरे आन्दोलन, अस्पतालको सेवा प्रभावित ।


२०) समाजसेवी दीपकुमार भण्डारीलगायतको पहलमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण।