close

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा

भक्तपुर नगरपालिकाको आठौँ नगरसभा

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाको आठौँ नगरसभा सुरु भएको छ । भक्तपुर नगर प्रमुख एवं आठौँ नगरसभा अध्यक्ष सुनील प्रजापतिले सभा उद्घाटन गरेका हुन् ।

 

कार्यक्रममा नगरप्रमुख प्रजापतिले मुलुकमा संघीयता लागू भएता पनि केन्द्रीय सरकारले विभिन्न बहानामा स्थानीय सरकारको अधिकारमाथि धावा बोलेको आरोप लगाए । ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्थानीय सरकारमाथि संघीय सरकारले नियन्त्रण गर्न खोजेको छ’, उनले भने । 

 

हिउँदे नगरसभाले विशेषतः ऐन, नियम, कानुन र निर्देशिका निर्माण गर्नेछ । नगरसभाको अर्को बैठक ४ माघमा बस्ने गरी सकिएको छ । 
 

नगरपालिका बजेट सार्वजनिक 

 

नगरले चालू आर्थिक वर्ष २०७७/७८ मा पुँजीगततर्फ १ अर्ब २ करोड ६६ लाख ८९ हजार रुपैयाँ रकम विनियोजन गरेको थियो । यसमध्ये २६ पुससम्म २३ करोड ६० लाख ७० हजार रुपैयाँ खर्च भएको छ, जुन चालू आवको २२.९९ प्रतिशत हो । 

 

त्यसैगरी पुँजीगत खर्चतर्फ चालू आवमा ७५ करोड ३३ लाख ११ हजार विनियोजन गरिएकामा ११ करोड ४३ लाख ९१ हजार रुपैयाँ खर्च भएको छ । यो पुँजीगततर्फको १५ं.१३ प्रतिशत हो ।

 

चालू आवमा कुल १ अर्ब ८२ करोड ४० लाख रुपैयाँ बजेट पारित भएकामा चालू तथा पुँजीगत गरी जम्मा ३५ करोड ४ लाख ६२ हजार ५ सय रुपैयाँ अर्थात् कुल बजेटको १९.२१ प्रतिशत खर्च भएको छ ।