close

शव वाहन खरिद गर्न नगद सहयोग 

शव वाहन खरिद गर्न नगद सहयोग 

Trulli
ADVERTISEMENT

रुपन्देही - प्रदेश ५ को सरकारले शव वाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाखका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

 
प्रदेश सरकारले प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिकाका लागि रकम उपलब्ध गराउने भएको हो ।


त्यस्तै, जिल्लास्तरीय ६ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिने भएको छ । प्रदेशमा रहेका अस्पतालमा रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा गरी ६ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिने भएको हो ।


शुक्रबार बसेको मन्त्रिपरिषद् बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । 


यसैबीच प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारांै तहका डेन्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने भएको छ ।


बैठकले संविधान दिवस अवसरमा घोषणा गरिने पदक सिफारिसलाई स्वीकृत गरेको छ । पदक प्राप्त गर्नेहरूको नाम ४ असोजमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ ।


बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश मामिला सूचना केन्द्रका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो । मन्त्रिपरिषद् बैठकमा भएका निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मीको रेसुंगा नगरपालिका र हाकिन्ज परिषद्, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने निर्णय भएको जानकारी दिए ।


त्रिवेणी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाइने भएको छ ।