close

लुम्बिनी प्रदेशमा माघीको रौनक

लुम्बिनी प्रदेशमा माघीको रौनक

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले तामझामसहित माघी मिलन कार्यक्रम मनाएको छ । लुम्बिनी प्रदेश थारु बहुल्य क्षेत्र हो । माघीलाई लक्षित गरी प्रदेश सरकारले २ दिन सार्वजनिक बिदा दिएको छ ।


माघी मिलन कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख धर्मनाथ यादव, संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, प्रदेश सभामुख पूर्णबहादुर घर्तीको सहभागिता थियो ।

 

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलगायत प्रदेश मन्त्रिमण्डका अधिकांश सदस्य कार्यक्रममा सहभागी भए ।

 

प्रदेश सरकारले आयोजना गरेको माघी मिलन कार्यक्रममा सहभागीलाई विभिन्न २३ प्रकारका खाना खुवाइएको थियो । कार्यक्रममा थारु नच र संस्कृति झल्किने झाँकी पनि देखाइएको थियो ।