close

एक स्थानीय तह एक खेलग्राम : स्थानीय तहलाई खेलकुद मन्त्रालयले दियो अन्तिम म्याद 

एक स्थानीय तह एक खेलग्राम : स्थानीय तहलाई खेलकुद मन्त्रालयले दियो अन्तिम म्याद 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- खेल पूर्वाधार निर्माणका लागि प्रस्ताव पेस गर्न संघीय युवा तथा खेलकुद मन्त्रालयले देशभरका स्थानीय तहलाई आउँदो ४ माघसम्म अन्तिम म्याद दिएको छ । 

 

स्थानीय पालिकाहरूको साझेदारीमा एक स्थानीय तह एक खेलग्रामका लागि विकास गर्न २६ पुसमा अन्तिम पटक ७ दिने सूचना प्रकाशित गर्दै मन्त्रालयले रीतपूर्वकको आवेदनका लागि स्थानीय तहलाई पुनः मौका दिएको हो । 

 

२६ पुसमा प्रकाशित सूचनाअनुसार ७ दिने म्याद ३ माघमा सकिने भए पनि सो दिन बिदा परे कार्यालय खुलेको पहिलो दिनलाई अन्तिम म्याद मानिने मन्त्रालयले सूचनामा भनिएको छ । 


सूचनाअनुसार स्थानीय तहले ४ माघसम्म आवेदन गरिसक्नुपर्नेछ । यसअघि स्थानीय तहले पठाएका प्रस्तावसहितका अधिकांश आवेदन रीतपूर्वक नभएको मन्त्रालयले बताएको थियो ।

 

मन्त्रालयले स्थानीय तहमा खेलकुद पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०७५ को अनुसूची १ बमोजिमको ढाँचामा स्थानीय तहले व्यहोर्ने स्रोतका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतको सिफारिस पत्र र निर्माण स्थलको प्रस्तावित जग्गाको चार किल्ला खुलेको साइट प्लानसहितको प्राविधिकको सिफारिस पत्र अनिवार्य संलग्न हुनुपर्ने स्मरण गराएको छ ।


रीतपूर्वक दर्ता भएका आवेदकले पुनः आवेदन दिनु नपर्ने र प्रस्ताव, आवेदन तथा अन्य आवश्यक कागजात मन्त्रालयको इमेल वा सोझै पठाउन सकिने व्यवस्थासमेत रहेको जनाएको छ ।

 

यसअघि मन्त्रालयले ५ असोजमा यससम्बन्धी प्रस्ताव पेस गर्न पहिलो पटक सूचना आह्वान गरेको थियो ।