close

दशरथचन्दका १३ चोकमा हात धुने स्टेसन (भिडियाे खबर)

दशरथचन्दका १३ चोकमा हात धुने स्टेसन (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी- अहिले कोरोना भाइरसको प्रकोप कायम छ । कोरोनाको माहामारीका कारण नेपालमै पनि दैनिक हजारौँ संक्रमित थपिँदै छन् भने दर्जनौँ व्यक्तिको ज्यान गइरहेको छ । कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन-पानीले मिचिमिची हात धुनु सबैभन्दा सजिलो उपाय मानिएको छ । 


तर, बजारमा भने हात धुने व्यवस्था छैन । साबुन-पानी नभएकाले कहाँ धुने ? भन्ने अन्योल थियो । यसै कुरालाई मध्यनजर गर्दै बैतडीको दशरथचन्द नगरपालिकाका मुख्य १३ चोक, बजार, विद्यालय तथा कार्यालय नजिकमा हात धुने स्टेसन स्थापना गरिएका छन् ।


दशरथचन्द नगरपालिकाले संरक्षण गर्ने गरी हात धुने स्टेसन स्थापना गरिदिएको हो । साबुन-पानीले मिचिमिची हात धुने बानीको विकास गर्न र कोरोना भाइरसको जोखिमबाट बचाउन बजार क्षेत्रमा हात धुने स्टेसन स्थापना गरिएका हुन् । रुडेस बैतडीले संचालन गरिरहेको सरसफाइका लागि व्यवहार परिवर्तन कार्यक्रमअन्तर्गत हात धुने स्टेसन स्थापना गरिएको हो । ठाउँठाउँमा हात धुते स्टेसन भएपछि बजारमा आउने जोकोहीलाई हात धुन सजिलो भएको छ ।


दशरथचन्द नगरका मुख्य बजार शाहीलेक, गोठलापानी, गढी, देहीमाडौं, गुरुखोला, सुन्दरखालीलगायतका ठाउँमा स्टेसन संचालनमा ल्याइएको हो । हात धुने स्टेसनमा ५०० लिटरका पानी ट्यांकी राखिएको छ भने खुट्टाले चलाउँदा पानी र स्यानिटाइजर आउने व्यवस्था गरिएको छ । 


दशरथचन्द नगरपालिकाका मुख्य बजारमा हात धुने स्टेसन स्थापना गरिएदेखि बजारमा आउन सबै व्यक्तिलाई हात धुन निकै सजिलो भएको छ । हात धुने स्टेसन स्थापनाका लागि एक ठाउँमा कम्तीमा ५५ हजार रुपैयाँ खर्च भएको छ । दशरथचन्दका ११ वटै वडामा १ हजार घरधुरीलाई बाल्टीसमेत वितरण गरिएको छ । 


दशरथचन्द नगरपालिकाका विभिन्न चोकमा स्थापना गरिएका हात धुने स्टेसन बढी भीडभाड हुने ठाउँ, सरकारी कार्यालय र मुख्य बजारमा स्थापना गरिएका छन् । अहिले कोरोनाको एक मात्र औषधि भनेको हात धुनु भएकाले यसमा धेरथोर लगानी गरेको नगरपालिकाले जनाएको छ ।