close

एकीकृत पाठ्यक्रम तयार पार्न सुरु भयो आईईएमआईएस

एकीकृत पाठ्यक्रम तयार पार्न सुरु भयो आईईएमआईएस

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आज (शुक्रबार)देखि पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम (आईईएमआईएस) संचालन गर्ने भएको छ । २-३ माघमा गाउँपालिकाका वडा नं.- १ नाङ्खोल्याङ र वडा नं.- २ थेचम्बुका शिक्षकहरूको उपस्थितिमा आईईएमआईएस कार्यक्रम संचालन गरिनेछ । 


गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार ४-५ माघमा भने गाउँपालिकाका वडा नं.- ३ तिरिङ्गे, वडा नं.- ४ डुम्रिसे, वडा नं.- ५ चाक्सिबोटे र वडा नं.- ६ थुम्बेदिनका शिक्षकहरू सहभागी हुनेछन् । 


शिक्षा अधिकृत तामाङका अनुसार अभिमुखीकरणमा कक्षा (१-३) संचालित विद्यालयबाट १ जना तथा (१-५), (१-८), (१-१०) र (१-१२) संचालित प्रत्येक विद्यालयबाट २ जनाका दरले प्राथमिक तहका शिक्षकलाई अभिमुखीकरणका लागि बोलाइएको छ । 


३ र ५ माघका दिन प्रयोगात्मक अभिमुखीकरण हुने भएकाले सो दिनका लागि भने विद्यालयका प्रधानाध्यापक र कम्युटर ज्ञान भएको एक जना शिक्षक भने ल्यापटपसहित उपस्थित हुन गाउँपालिकाले पालिकाभरका सबै सामुदायिक विद्यालयहरूलाई जानकारी गराएको छ । 


विभिन्न विषयका ज्ञान र सीपलाई कुनै समस्यामा वा विषय क्षेत्रमा केन्द्रित गर्ने वा कुनै मुद्दा वा समस्यामा केन्द्रित भई विषयवस्तुको निश्चित सीमा निर्धारण नगरी समस्या समाधानका लागि आवश्यक ज्ञान तथा सीप प्राप्त हुने गरी शिक्षण सिकाइ संचालन गर्ने गरी एकीकृत पाठ्यक्रम तयार गर्न यस्तो अभिमुखीकरण संचालन गरिन्छ । 


२ वा २ भन्दा बढी विषयहरूको संयोजन गरी एक अर्को विषयबीचको अवधारणाको सम्बन्ध खोज्न लगाउने, विद्यार्थीको समूह निर्माण गरी सिक्ने र सिकाउने अवसर प्रदान गर्ने गरी यो अभिमुखीकरणले शिक्षकहरू ज्ञान भर्ने गाउँपालिकाको विश्वास रहेको छ ।