close

९ वर्षदेखि निरन्तर खिचडी भोज, स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म अतिथि

९ वर्षदेखि निरन्तर खिचडी भोज, स्थानीय सरकारदेखि प्रदेश सरकारसम्म अतिथि

Trulli
ADVERTISEMENT

धनुषा- प्रत्येक वर्षझैँ यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा बिहीबार जनकपुरका युवाहरूले खिचडी भोजको आयोजना गरेको हो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा जानकी चोकस्थित अंगराज सर पोखरी डिलमै  खिचडी भोजको आयोजना गरिएको हो ।

 

भोजमा सहभागी हुन जनकपुरका प्रमुख लालकिशोर साहदेखि जनकपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहसम्म सहभागी भएका थिए । त्यति मात्र होइन, प्रदेश सरकारका प्रतिनिधिदेखि जनकपुरका विभिन्न चोकबाट उलेख्य संख्ययामा युवाहरू पुगेका छन् । स्थानीय जानकी चोकका २ दर्जन युवाहरूको आयोजनामा खिचडी भोजको आयोजना गरिएको युवा अगुवा सुशील कर्णले जानकारी दिए ।

 

भाइचारा र संस्कृतिलाई जोगाउनका लागि विगत ९ वर्षदेखि यस भोजको आयोजना हुँदै आएको कर्णले बताए। खिचडी भोज मिथिला संस्कृतिमा सम्बन्ध विस्तारको एउटा अटुट माध्यम रहेको बताउँदै यसको निरन्तरता हुनुपर्ने स्थानीय वीरेन्द्र कर्णले बताए ।

 

भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिएको थियो । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, संचारकर्मी तथा समाजसेवीहरूको उपस्थिति थियो ।