close

वडा अध्यक्षले दिए ३ सय महिलालाई ओढ्ने 

वडा अध्यक्षले दिए ३ सय महिलालाई ओढ्ने 

Trulli
ADVERTISEMENT

धनुषा- तराई-मधेसमा यतिबेला चिसो बढेको छ । स्थानीय र प्रदेश सरकार कोठे बैठक र छलफलमा व्यस्त रहेका बेला जनकपुरका एक वडा अध्यक्षले विपन्न ३०० जना महिलालाई ओढ्ने सल वितरण गरेका छन् ।

 

माघी र तराई-मधेशमा मनाइने तिला संक्रान्ति पर्वको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका- ७ का अध्यक्ष जानकीराम साहले आफ्नो वडामा रहेका दलित, जनजाति र डुम-मुसहर समुदायलाई लक्षित गरेर ३०० जना महिलाहरूलाई ओढ्ने सामग्री वितरण गरेका हुन् ।

 

जनकपुरको जानकी योग पतंजलि साधना केन्द्र शिविरमा एक  कार्यक्रमका बीच राष्ट्रिय जनता पार्टीका प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहको प्रमुख आतिथ्यमा ओढ्ने सामग्री वितरण गरिएको वडा अध्यक्ष साहले जानकारी दिए ।


सन्त भवनको शिलान्यास

 

यसैबीच प्रदेश २ सरकारको आर्थिक सहयोगमा वडा( ७ को योग शिविर क्षेत्रमै सन्तहरूका लागि २ कोठे एक तल्ले भवनको भूमि पूजनसमेत भएको हो ।

 

३० लाख रुपैयाँको लागतमा बन्न लागेको भवनमा २ वटा कोठा, एउटा बैठक कक्ष, भान्साघर र शौचालय र स्नान घर बन्ने वडा अध्यक्ष साहले बताए । 


एक वर्षभित्रै एक तल्ले भवन तयार पर्ने लक्ष्य रहेको उनको कथन छ ।

 

भवनको शिलान्यास प्रदेशसभा सदस्य जसपाका सचेतक परमेश्वर साह, प्रदेशसभाका अर्का सदस्य सुरिता साह र वडा अध्यक्ष जानकीराम साहले संयुक्त रूपमा गरेका छन् ।