close

जिल्ला समन्वय समितिका प्रमुख जुवाको खालबाट रंगेहात पक्राउ

जिल्ला समन्वय समितिका प्रमुख जुवाको खालबाट रंगेहात पक्राउ

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओली जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

 

ओली सहित ५ जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले शुक्रबार दिउँसो पक्राउ गरेको हो । 

 

उनीहरुलाई रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नंं.- १ पातुखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी कपिल शाहीले जानकारी दिए ।

 

भरत घर्तिमगरको  घरमा जुवा तास खेलीरहेको अवस्थामा नगदसहित पक्राउ गरी नियन्त्रणमा लिईएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

प्रहरीले जुवा खालबाट पक्राउ गरेका व्यक्तीहरुलाई आजै सार्वजनीक समेत गरेकाे छ ।