close

भूकम्पको घाउः कतै टालियो, कतै बल्ल जग हालियो (भिडियो खबर) 

भूकम्पको घाउः कतै टालियो, कतै बल्ल जग हालियो (भिडियो खबर) 

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) पर्वतको कुश्मा नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी ८ दिवसीय आधारभूत तालिम सुरु, कार्यक्रममा १४ वटै वडाका ४२ जनाको सहभागिता ।

 

२) हिउँले बाटो रोकिएपछि हुम्लाको नाम्खा गाउँपालिका पाँच महिनाका लागि बन्द, हिमपातले टेलिकमको टावरमा समस्या आएपछि लिमी सञ्चारविहीन ।

 

३) तेह्रथुमको म्याङलुङ नगरपालिकाद्वारा विपन्न र अशक्त नागरिकलाई एक-एक थान सिरक वितरण, ८०० सय परिवारले पाए न्यानो सिरक ।


   
४) दार्चुलाको मालिकार्जुन गाउँपालिका कार्यालयमा गत शुक्रबारदेखि लगाइएको ताला अझै खुलेन, केन्द्र सार्ने विषयमा भएको तालाबन्दीका कारण गाउँपालिकाको कामकाज ठप्प ।


 
५) जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजामा १५ शय्याको अस्पताल निर्माण हुने, पालिका अध्यक्ष नरवीर रावतले गरे अस्पतालको शिलान्यास ।


६) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कोभिड अस्पतालबाट रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउने, अब स्थानीय जिल्ला अस्पताल दिक्तेल पुग्नु नपर्ने ।

 

७) ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा पाठ्यक्रम अभिमुखीकरण कार्यक्रम जारी, प्रत्येक विद्यालयबाट २ जना शिक्षकको सहभागिता ।

 

८) दाङको तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेमा एक पुरुषको बेवारिसे शव फेला, प्रहरीले थाल्यो अनुसन्धान ।

 

९) लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु, बिमा कार्यक्रम अब १३ जिल्लामा विस्तार हुन बाँकी ।

 

१०) काभ्रेको नमोबुद्ध नगरपालिकाले चालू आर्थिक वर्षभित्र थप ५ वटा वडा कार्यालय भवन निर्माण गर्ने, वडा कार्यालय निर्माणका लागि नगरपालिकाले निर्माण व्यवसायीसँग गर्‍यो सम्झौता ।

 

११) जुम्लाको चन्दननाथ नगरपालिकाले एकतर्फी रूपमा महँगो कर लगाएको भन्दै जुम्लाबाट छुट्ने छोटो तथा लामो दूरीका यातायात सेवा बन्द, यात्रु मारमा ।

 

१२) युवती जिस्क्याएको निहुँमा भएको विवादमा झडप हुँदा रुपनी गाउँपालिका-३ का १५ जना घाइते, घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार हुँदै ।

 

१३) जनकपुरधाम उपमहानगरपालिका-७ का अध्यक्ष जानकीराम साहले दलित र जनजातिका ३ सय जना महिलालाई बाँढे ओढ्ने, चिसोको समय ओढ्ने पाउँदा स्थानीय दंग ।

 

१४) झापाको भद्रपुर नगरपालिका-२ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, नगरप्रमुख जीवनकुमार श्रेष्ठले गरे उद्घाटन ।

 

१५) ओखलढुंगाको सिद्घिचरण नगरपालिकाका कृषकलाई अनुदानमा च्याउको बिउ र  प्लास्टिक टनेल, नगरप्रमुख मोहनकुमार श्रेष्ठले गरे वितरण ।

 

१६) पाँच वर्षीया बालिकालाई बलात्कार गरी कुटपिट गरेको आरोपमा रूपन्देहीबाट एक जना पक्राउ, पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिक-१२का २८ वर्षीय होमबहादुर विश्वकर्मा ।

 

१७) आफ्नो व्यवसाय वा संघसंस्थाका लागि आवश्यक जनशक्ति चितवनको राप्ती नगरपालिकाको रोजगार सेवा केन्द्रबाट माग गर्न सकिने, नगरपालिकामा ४ सय ३१ जना बेरोजगार सूचीकृत ।

 

१८) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले किसानलाई उन्नत जातका बोका वितरण गर्ने, १५ दिनभित्र किसानले पशु शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने ।

 

१९) चिसो बढेपछि रौतहटको परोहा नगरपालिकाका विद्यालयमा तीन दिन पठनपाठन बन्द गर्ने नगरको निर्णय, तराई क्षेत्रको जनजीवन थप प्रभावित ।

 

२०) ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशैभरी मनाइयो ।