close

४ रोपनीमा लगाइएको केरा रातारात फँडानी

मालिकाका केरा किसानका दुःख

४ रोपनीमा लगाइएको केरा रातारात फँडानी

मालिकाका केरा किसानका दुःख

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फार्ममा आगलागी गर्ने व्यक्ति अझै पत्ता लागेका छैनन् । तर, किसानमाथिको प्रहार भने रोकिएको छैन ।

 

मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा मुमानन्द लम्सालको केरा फँडानी भएको छ । लम्सालले ४ रोपनी बारीमा केरा खेती गरेका छन् । नचिनेका व्यक्तिको समूहले लम्सालका १० थान केरा काटिदिएको मुमानन्दका छोरा नवीन लम्सालले जानकारी दिए ।

 

रातीमा पसाएको ६, नपसाएको ४ थान केरा र ४० एमएमको पाइप काटिदिएको पीडित लम्सालले बताए । उनले भने, ‘गहुँ, तरकारी र केरामा सिँचाइ गर्न प्रयोग गरेको पाइप काटेर स्प्रिङकल चोरेर लगे । २ वर्षअघि पनि ५/७ थान केरा काटेका थिए ।’


अहिले पनि सोही अवस्था दोहोरिएपछि गाउँमा काम गरेर खाने स्थिति नभएको पीडित परिवारको गुनासो छ । मुमानन्दले मलेसियाबाट फर्किएर गाउँमै व्यावसायिक कृषि खेती थालेका छन् । उनले अहिले घरमा बाख्रा र कुखुरापालन तथा केरालाई व्यावसायिक रूपमा अगाडि बढाएको बताए ।

 

‘कोभिडले विदेशको रोजगारी गुम्यो । गाउँमा गरेर खाने वातावरण भएन’, लम्सालले भने, ‘किसानमाथिको प्रहार निरन्तर छ ।’ उनले क्षति सानो-ठूलो भए पनि प्रवृत्ति निरुत्साहित गर्न स्थानीय सरकार र प्रहरी प्रशासनले चासो दिनुपर्नेमा लम्सालले जोड दिए । 

 

पीडित परिवारले वडा कार्यालय र मरभुङ प्रहरी चौकीमा उजुरी दिएका छन् । तर, अहिलेसम्म घटनामा संलग्न पत्ता लागेका छैनन् । मरभुङ प्रहरी चौकी इन्चार्ज मेखबहादुर चौहानले शंकास्पद व्यक्तिहरूको अनुसन्धान भइरहेको बताए ।