close

सिदिङ्वामा अनुदानको मल वितरक कम्पनी छनोट गरिँदै 

सिदिङ्वामा अनुदानको मल वितरक कम्पनी छनोट गरिँदै 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पालिकाभित्र मल बिक्रेता छनोट गरी मल वितरक कम्पनीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । 


अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ को परिच्छेद ३ को दफा १५ अनुसार मल बिक्रेता छनोट गरी मल वितरक कम्पनीमा नियुक्ति गरिने गाउँपालिकाको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए ।

 

स्थानीय तह मल वितरक व्यवस्थापन समितिको बैठकले १४ माघभित्र रासायनिक मल बिक्रेता हुन चाहनेले गाउँपालिकामा आवेदन दिनुपर्ने उनले बताए ।

 

तर, गाउँपालिकाभित्रका इच्छुक कृषि सहकारी संस्था, फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र भएकाहरूले मात्र आवेदन दिन पाउनेछन् ।

 

आवेदकले विगत २ आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, वडा कार्यालयको सिफारिस, अनुभव वा कार्यक्षमताको विवरण र नापतौल गर्ने मेसिन, गोदाम घर, सूचना प्रविधिलगायत भौतिक पूर्वाधारको विवरणसमेत आवेदनसँगै संलग्न राख्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।


‘प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान मल बिक्री वितरणसम्बन्धी प्राप्त पत्रानुसार पालिकाले मल वितरक कम्पनी छनोट प्रक्रिया अघि बढाएको हो’, उनले भने ।