close

गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’

गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण गर्न थालेको छ । सुत्केरी आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमालाई कोसेली वितरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष द्रौपदी चन्दले जानकारी दिइन् । गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थामार्फत कोसेली वितरण कार्य भइरहेको उनले बताइन् ।

 

हजार दिने आमाको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारका सदस्यहरु पनि जानकार होऊन् भन्ने उद्देश्यले यो कार्यक्रम संंचालनमा ल्याइएको उपाध्यक्ष चन्दले बताइन् । स्वास्थ्य संस्थामा नियमित रूपमा गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा पाएका आमाहरूलाई कोसेली वितरण गर्ने गरिएको उनले बताइन् ।


कोसेलीमा २ किलो आयोडिनयुक्त नुन, १ किलो चना, १ किलो मटर, स्यानिटाइजर, रुमाल र सरसफाइका सामग्री राखिएको चन्दले जानकारी दिइन् । गाउँपालिकाका ९ वटै वडामा कोसेली पुर्‍याउने काम भइरहेको समेत उनले बताइन् ।


उपाध्यक्षको कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरी अवस्थामा आमाको हेरचाहका लागि परिवार का सदस्यहरूको भूमिकालाई अझै मजबुत बनाउने ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले जानकारी दिए । यस कार्यक्रमले घरपरिवारका सदस्यहरू हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणका विषयमा जानकार हुने उनले बताए ।

 

जिल्लाका अन्य स्थानीय तहहरूले पनि गर्भवती तथा सुत्केरी आमाहरूका लागि विभिन्न कार्यक्रम संंचालन गर्दै आइरहेका छन् । केही दिनअघिदेखि जिल्लाको पुर्चौडी नगरपालिकाले पनि उपप्रमुखमको कोसेली वितरण गरेको थियो ।