close

वन हर्टले जोडेको स्थानीय मन (भिडियाे खबर)

वन हर्टले जोडेको स्थानीय मन (भिडियाे खबर)

ADVERTISEMENT

ताप्लेजुङ- सुरक्षित मातृत्व र शिशु स्याहारका क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘वन हर्ट वर्लड वाइड’ निकै चर्चित मानिन्छ । नेपालमा यो संस्थाको उपस्थितिले विभिन्न जिल्लामा सुरक्षित मातृत्व सफल भएको छ भने नवजात शिशुको मृत्यु दरमा पनि कमी आएको छ । 


ताप्लेजुङका ९ वटै पालिकामा लामो समय काम गरेको वन हर्ट वर्लड वाइड अहिले ताप्लेजुङबाट फर्किन खोजिरहेको छ । चैतदेखि बाहिरिने यस संस्थाले जिल्लामा हुन्जेलसम्म निकै ठूलो सफलतासमेत हासिल गरेको छ । 


वन हर्टले मातृ र नवजात शिशुको जीवन रक्षाका लागि जिल्लाभरका सबै पालिकामा रहेका स्वास्थ्य संस्थासँगको सहकार्यमा काम गरिरहेको छ । वन हर्ट वर्लड वाइडका जिल्ला कार्यक्रम संयोजक गणेश बस्नेतका अनुसार परियोजनाको ६ वर्षे अवधिमा ३ चरणका काम भएका छन् ।

 

मुख्यतः मातृ र नवजात शिशुको जीवन रक्षाका लागि ४ वटा मुख्य क्षेत्रमा वन हर्टले योगदान दिएको छ । बर्थिङ सेन्टर स्थापना, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, मातृ र नवजात शिशुको जीवन रक्षाका लागि सामुदायिक चेतना विस्तारमा यसले सहयोग गरेको छ । 


गैरसरकारी संस्थाले त आफूले गरेको कामको फेहरिस्त बतायो नै, साथै उसको कामप्रति सन्तुष्ट भएकामा जिल्ला समन्वय समिति नै दंग छ । ताप्लेजुङको स्वास्थ्य क्षेत्रमा वन हर्टको योगदानको खुलेरै प्रशंसा जिससले गर्दै आएको छ । 


अहिले कतिपय स्थानीय तहले स्रोत र साधनको समस्या खेपिरहेको अवस्थामा वन हर्टले पालिकामा पुगेर गरेको सहयोग र पुर्‍याएको योगदानले स्थानीय सरकारलाई भने गिज्याएको छ । जनपेक्षाअनुसार काम गर्ने भन्दै चुनिएका जनप्रतिनिधिले काम गर्न नसक्नु दुर्भाग्यको विषय बनेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं गुनासो गर्छन् । 


केही गैरसरकारी संस्था गाउँगाउँ प्रवेश गरेर अपजस खेप्छन् भने केही यसरी जस पाएर निस्किन्छन् । मातृत्व र शिशुको स्वास्थ्यमा ‘वन हर्ट वर्लड वाइड’ले गरेको उपलब्धिबाट निर्वाचित जनप्रतिनिधिले पनि सिक्न आवश्यक छ ।