close

२ करोड ८५ लाख खर्चेर आगँ छेँ पुनःनिर्माण गर्दै महानगर

२ करोड ८५ लाख खर्चेर आगँ छेँ पुनःनिर्माण गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडाैं महानगरपालिको २ करोड ८५ लाख लागतमा  हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को पुनर्निर्माण गर्ने भएको छ । आइतवार नगरप्रमुख विद्यासुन्दर शाक्यले शिल्यान्यास गरेका छन् । 

 

२०७८ मंसिरसम्म सम्पन्न गर्नुपर्ने कार्यादेश पाएको निर्माण कम्पनी तुलसी कन्स्ट्रक्सनले समयमै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।  लगं बहाः भित्रको दिगुद्यः भने पुनर्निर्माण भइसकेको छ । 

 

‘काठमाडौँ ऐतिहासिक र सांस्कृति शहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । यिनीहरुको संरक्षण गर्नु राज्य र हाम्रो पनि दायित्व हो,’ शाक्यले भने, ‘अब पनि हामीले सहयोग नगरी त्यस्तै अवस्थामा छाडिदिने हो भने जीर्ण बनेका सम्पदा भग्नावशेष अवस्थामा पुग्ने निश्चित छ ।’ 


काठमाडौँमा मुख्य गरेर १८ ओटा विहार छन् । त्यो मध्येको लगं बहाः एक महत्वपूर्ण विहार हो । प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो ।

 

‘ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदाको संरक्षण गर्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले प्रर्याप्त बजेट विनियोजन गरेको छ,’ शाक्यले भने, ‘अहिले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अधिकांश गुठियार र महानगरवासी राज्यले हाम्रो कुरा सुन्यो, भग्नावशेष अवस्थामा पुगेको सम्पदा निर्माण-पुनःनिर्माणका लागि सहयोग भयो । 


सम्पदा निर्माण-पुर्ननिमाणमा गुठियार-गुठियारबीचमै उत्पन्न विवाद लगायतका कारणले ढिलाई भएको उनको भनाइ छ । उनले स्थानीयहरुले सहमति लिएर आएको अवस्थामा ऐतिहासिक, धार्मिक र पुरात्वात्विक महत्वका सम्पदा निर्माण-पुर्ननिर्माणका लागि सहयोग गर्न महानगरपालिका तयार रहेको बताए ।  

 

दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता (दिगुद्यः) का रूपमा पुजिने गरेको भन्दै स्थानीय कुलभक्त शाक्यले उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने भए पनि घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै छ ।  

 

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौंको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ शाक्यले भने, ‘प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएका छन् ।’ 

 

महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताए ।