काठमाडौं- कोरोना भइरस(कोभिड १९) का कारण करिव दश महिनादेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
गत चैत्र ११ मा लकडाउन भएपछि बन्द काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा आइतबारदेखि भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।
असारदेखि भर्र्चुअल रुपमा पठनपाठन भएपनि भौतिक रुपमा भने पठनपाठन हुन सकेको थिएन ।
काठमाडौं महानगरपालिकाले भौतिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने विद्यालयले विद्यार्थीको उपस्थितिमा विद्यालय खोल्न सकिने बताएपछि आइतबारदेखि महानगरपालिका वद्यालय खुलेको काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।
काठमाण्डौंका कीिह विद्यालयहरु आइतबारदेखि खुलेपनि सम्पूर्ण विद्यालय खुल्न भने अझै केही दिन लाग्ने भएको छ । कतिपय विद्यालयले भने पूर्वतयारी गरिरहेको र काठमाडौं महानगरपालिकाको औपचारिक पत्र प्राप्त नगरेको भन्दै विद्यालय खोलिनसकेको डंगोलले बताए ।