close

केन्द्रमा नेताका फोस्रा गफ, गाउँलेका घाँटीमा चिसो र कफ (भिडियाे खबर)

केन्द्रमा नेताका फोस्रा गफ, गाउँलेका घाँटीमा चिसो र कफ (भिडियाे खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) चिसो बढेपछि रौतहटको गरुडा नगरपालिका र गौर नगरपालिकाका सबै सामुदायिक विद्यालय केही दिनका लागि बन्द गर्ने नगरको निर्णय, विद्यार्थीको पठनपाठन प्रभावित ।

 

२) बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई कोसेली वितरण गर्न थाल्यो, पालिकाका ९ वटै वडामा कोसेली पुर्‍याउने काम जारी ।

 

३) जुम्लाको पातारासी गाउँपालिकालाई माटोको छानामुक्त गाउँ बनाउने अभियान सुरु, छानामुक्त पालिका बनाउन ६५ परिवार छनोट ।

 

४) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले मल वितरक कम्पनीमा नियुक्त गर्ने, पालिकाभित्रका कृषि सहकारी संस्था, फर्म वा कम्पनीले आवेदन दिन पाउने ।

 

५) सप्तरीको खड्क नगरपालिका- ८ मा स१त २५१२ नम्बरको रोकी राखेको ट्र्याक्टरमा मे१ज २४५२ नम्बरको सुमो ठोक्किँदा एक जनाको मृत्यु, सुमो, ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा ।

 

६) तराई-मधेसमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर, जाडोबाट बच्न मानिसहरू आगो तापेर घरमै बस्न बाध्य ।

 

७) धुलिखेल नगरपालिकाको रविओपीमा नगरप्रमुख अशोक ब्याञ्जूद्वारा सिस्नेखोला सिँचाइको शिलान्यास, योजना सम्पन्न भएपछि १ हजार ५०० हेक्टरमा लिफ्ट सिँचाइ गर्न सकिने ।

 

८) मकवानपुरको हेटौँडा उपमहानगपालिकाद्वारा चालू आर्थिक वर्षको ५ महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १२७ वटा योजना सम्पन्न, ९० वटा योजना चालू अवस्थामा, ३०२ योजना सम्झौताको प्रक्रियामा ।

 

९) चिसो बढेपछि बाग्लुङको ढोरपाटन नगरपालिका- ५ को ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द, धाराको पानी जम्न थालेपछि स्थानीयलाई खानेपानीको समेत समस्या ।

 
१०) काठमाडौंको कलंकीबाट एक महिलाको सुनको सिक्री लुटपाट गरेर भाग्दै गर्दा एक व्यक्ति पक्राउ, पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुभाष तामाङ ।

 

११) बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर- ८ र २० जोड्ने दुधौरा नदीमा पुल निर्माण हुने, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरे पुलको शिलान्यास ।

 

१२) काठमाडौंको गोर्कणेश्वर नगरपालिका वडा नम्बर- ४ ले ५ माघमा व्यवसायी, यातायात मजदुरलगायतको कोरोना परीक्षण गर्ने, परीक्षण गर्न चाहनेले वडा कार्याल्यमा सम्पर्क गर्नुपर्ने ।


१३) पाल्पाको निस्दी गाउँपालिकाले रोजगार संयोजक करारमा पदपूर्ति गर्ने, इच्छुकले गाउँपालिकामाा दरखास्त बुझाउनुपर्ने ।


१४) चिट्ठा परेको भन्दै डेढ करोड रुपैयाँ ठगी गर्ने २ जना ललितपुरबाट पक्राउ, सामाजिक संजालको दुरूपयोग गरी ठगी गरेको खुलासा ।

 

१५) ५८ वर्ष कैद सजाय पाएका एक व्यक्ति १५ वर्षपछि काठमाडौंबाट पक्राउ, पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका- ५ का दीपक श्रेष्ठ, उनीमाथि १० जनाले दिएका थिए जाहेरी ।

 

१६) सुर्खेतको बुलबुले तालमा फसेको जरायोको उद्धार, डिभिजन वन कार्यालय वीरेन्द्रनगरको टोलीले गर्‍यो जरायोको उद्धार ।

 

१७) चिसोका कारण पर्साको वीरगंज महानगरपालिकाका विद्यालय ३ दिनका लागि बन्द, ७ माघदेखि विद्यालय पुनः खुल्ने ।

 

१८) चोरीको मोटरसाइकलको नम्बर परिवर्तन गरेर चलाउने युवा काठमाडौंको बालाजुबाट पक्राउ, पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका- ६ का २८ वर्षीय अनिल तामाङ ।

 

१९) काठमाडौं उपत्यकाका विद्यालयमा आजदेखि विद्यार्थी भौतिक रूपमै उपस्थित भएर पठनपाठन सुरु, पहिलो दिन नै विद्यालयमा विद्यार्थीको उत्साहजनक सहभागिता ।

 

२०)  हुम्लाको सिमकोट गाउँपालिका- ७ डाँडाफयामा २ पक्षबीच झडप हुँदा एक गर्भवती घाइते ।