close

विपत्तिबाट जोगिन सिकाउदै कानुनमन्त्री भण्डारी

विपत्तिबाट जोगिन सिकाउदै कानुनमन्त्री भण्डारी

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विद्यालय स्तरमा विपद् जोखिम व्यवस्थापन सम्वन्धी पाठ्यपुस्तकसहित कक्षा सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले यहाँको सदरमुकाम खलंगास्थित चन्दननाथ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको प्राकृतिक प्रकोप तथा विपद् जोखिम सचेतना कार्यक्रममा यस्तो बताएका हुन् । 


आन्तरिक मामिला तथा कानूनमन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजना र जिल्ला बिपद व्यवस्थापन समिति जुम्लाको समन्वयमा चन्दननाथ माविमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीलाई एक दिने विपद् जोखिम सचेतना सम्वन्धी सचेतीकरण गरिएको हो ।


मन्त्री भण्डारीले कर्णाली प्रदेशमा विपद् व्यवस्थापन नियमावली २०७६ र कणाली प्रदेश जनता आवास कार्यान्वयन कार्यविधि २०७६, विपद् जोखिम बीमा सम्बन्धि कार्यावधि २०७६ को बारेमा जनाकारी दिए । उनले भने बिपद् प्रतिकार्य योजना अब रहेक नागरिकले बनाउन जरुरी छ । कर्णालीमा भन्दै गरेका र बनिसकेका भौतिक संरचना हेर्दा हामी सुरक्षित छैनौं । 


पारिवारिक विपद् पूर्वतयारी योजना बनाउन आवश्यक छ । कुनै पनि आइपर्ने प्राकृतिक विपद्बाट सुरक्षित हुनको लागि अव निमार्ण हुन संरचना भूकम्प प्रतिरोध हुनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘प्रदेश सरकारले कर्णालीका नागरिक र राष्ट्रसेवक कर्मचारीका लागि विपद जोखिम बिमा कार्यक्रम ल्याएको छ । 


कर्णालीमा अवका दिनमा प्रत्येक नागरिकले पारिवारिक विपद् सुरक्षा योजना बनाउन आवश्यक छ । यसका लागि कर्णालीका विद्यालयमा पढ्ने विद्यार्थीले विपद् जोखिम व्यवस्थापन सम्वन्धि पाठ्यपुस्तक अध्यायन गर्नुपर्छ । उनीहरुले पढेको कुरा घरपरिवार हुर्दै समाजमा लागु गर्नु पर्छ ।’

 

विपद् जोखिम बीमा पूर्वतयारी, प्रतिकार्य खोज उद्धार तथा राहत वितरणका विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना पूर्व सुचना प्रणाली सम्वन्धि रणनीतिक कार्ययोजना र पारिवारिक विपद सुरक्षा योजनाका बारेमा जुम्लामा एक दिने प्रशिक्षण दिइएको छ । मन्त्री भण्डारीले भने कर्णालीमा ५ सय वर्ष अघिदेखि ठुलो भूकम्प गएको छैन ।