close

५ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

५ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

Trulli
ADVERTISEMENT

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटिहवामा ५ वर्षीय बालिका वलात्कृत भएकी छिन् । साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७.४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

 

प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई घाइते अवस्थामा फेला पारेको थियो । मुखमा चोटपटक लागेकी बालिकाको काठमाडौं टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

 

बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो ।

 

वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो । काठमाडांैमा शल्यक्रियापछि बालिकाको अवस्था अहिले केही सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ । उता रुपन्देही प्रहरीले वलत्कार गर्ने लाई पक्राउ गरेको छ । उनी युवक कपिलवस्तु बानागंगा वडा नम्बर २ का हुन् । उनी मजदुरीको लागि तिलोत्तमा नगरपालिका–१३ स्थित बबनिमा मजदुरी गर्ने होम बहादुर बिक रहेको प्रहरीको भनाइ छ । बलात्कार गर्ने युवकलाई आइतबार म्याद थपको लागि अदालत  अदालत रुपन्देही पठाइएको जनाइएको छ ।

 

बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपको लागि आइतबार जिल्ला अदालत रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

 

वालिकाले बलत्कार भएपछि तिलोत्तमा नगरपालिका र बुटबल नगरपालिका बिभिन्न ठाउँमा प्रर्दशन गरेका छन् । उनीहरुले यस्तो जघन्य अपराधीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने र वालिकाले उपचारमा सबैले सहयोग गर्नुपर्ने बताए ।


बुमन रुपन्देहीकी अध्यक्ष रिता केसीले  अपराधिलाई कडा भन्दा कडा  कारवाहि गर्नुपर्ने बताइन् । तिलोत्तमा नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक  जागेश्वरी देवी चौधरीले   अपराधमा संलग्नलाई कानुनी कारवाहीको दायरमा ल्याइने बताए ।