close

सुस्ताबासीको केरा खेतीमा बिमा

सुस्ताबासीको केरा खेतीमा बिमा

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम- सुस्ता गाउँपालिकाले केरा खेतीमा किसान आकर्षण बढाउन केरा खेतीको बिमाका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

नवलपरासी केरा उत्पादक संघको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनमा पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बिमाबारे जानकारी दिएका हुन् । अध्यक्ष पाण्डेयले भने, ‘केरा बिमाका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छौँ । कृषकको उत्पादन खेर नजाओस् भनेर यसो गरिएको हो ।’

 

वडा नम्बर ४ नर्सहीमा २ करोड रुपैयाँ बजेट बराबरको ५ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण भइरहेको उनले बताए । १ वर्षभित्र सुरु चिस्यान केन्द्रमा किसानले उब्जनी भण्डारन गर्न सक्नेछन् । मिल मालिकले उखुको बक्यौता समयमा नदिँदा यस क्षेत्रका किसान केरा खेतीमा आकर्षित हुन थालेका छन् ।

 

यसैबीच नवलपरासी केरा उत्पादक संघमा पुनः लख्खुप्रसाद यादव अध्यक्षमा निर्विरोध चयन भएका छन । समितिको वरिष्ठ उपाध्यक्षमा सुदामा कोइरी, उपाध्यक्षमा सरोज यादव, महासचिवमा मदन कोइरी, सचिव बेचन कोइरी, कोषाध्यक्ष हरि गोविन्द कोइरी निर्वाचित भएका छन् । यस्तै, सदस्यमा चन्द्रकला कोइरी, धीरेन्द्र गुप्ता, सञ्जय कोहारलगायत निर्वाचित भएका छन् ।