close

मालिकार्जुनमा ताला, कुकर्म गर्नेमाथि जनप्रतिनिधिको ध्यान जाला ? (भिडियो खबर)

मालिकार्जुनमा ताला, कुकर्म गर्नेमाथि जनप्रतिनिधिको ध्यान जाला ? (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता ग¥यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

१) म्याद गुज्रिएका औषधी वितरणपछि दैलेखको आठबीस नगरपालिकाको स्वास्थ्य शाखामा स्थानीयले लगाए ताला, फार्मेसी र मिलेमतो गर्ने नगरका कर्मचारीलाई कारबाही नगरेसम्म ताला नखोल्ने स्थानीयको अडान ।


२) चिसो बढेपछि महोत्तरीको गौशाला र रामगोपालपुर नगरपालिकाका विद्यालय केही दिनका लागि बन्द गर्ने नगरको निर्णय, विद्यार्थीको पठनपाठन प्रभावित ।


३) मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा प्रदेश २ मा आज बलिदानी दिवस मनाइँदै, दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा ।


४) बाग्लुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने देशकै लामो झोलुङ्गे पुलको नामकरण गर्नेलाई बाग्लुङ नगरपालिकाले २५ हजार पुरस्कार दिने, नाम पठाउन नगरको आग्रह ।


५) मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रद्वारा लोडसेडिङको तालिका सार्वजनिक, उपभोक्ता अन्धकारमा बस्न बाध्य ।


६) अवैध रूपमा काठ ओसारपसार गर्ने सात जना नुवाकोटको बेलकोटगढी नगरपालिका–५ बाट पक्राउ, पक्राउ परेकाहरूलाई वन कार्यालयले कारबाही प्रक्रिया अघि बढायो ।


७) लागूऔषध मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक अभियुक्त १३ वर्षपछि झापाबाट पक्राउ, पक्राउ पर्नेमा झापाका जयनारायण राजवंशी ।


८) नवलपुरको मध्यबिन्दु नगरपालिकाको वडा नम्बर १ को कार्यालय निर्माण सम्पन्न, नगरप्रमुख चन्द्रबहादुर रानाले गरे कार्यालयको उद्घाटन ।


९) खोटाङको जन्तेढुंगा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य परामर्श प्रदान गर्न सुरु, वडा कार्यालयमार्फत स्वास्थ्यकर्मी परिचालन ।


१०) डडेल्धुरा अस्पताललाई अजयमेरु गाउँपालिकाले दियो १० लाख, पीसीआर ल्याब सञ्चालन तथा संकट समाधानका लागि उक्त रकम अस्पतालले खर्चिने ।


११) सडक अनुगमनमा गएका हुम्लाको अदानचुली गाउँपालिकाका जनप्रतिनिधिमाथि स्थानीयले गरे हातपात, वडा नम्बर १ का वडाध्यक्ष रग थापासहित तीन जना घाइते ।


१२) कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा नेपाल टेलिकमको फोरजी सेवाका लागि टावर निर्माण सुरु, बेदकोटवासीले पाउने भए सञ्चार सुविधा ।


१३) दार्चुलाको मालिकार्जुन गाउँपालिकामा भवन निर्माणको विषयलाई लिएर गत २४ पुसबाट लगाइएको ताला अझै खुलेन, सेवाग्रही समस्यामा ।


१४) सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट, खाद्यान्न, लत्ताकपडा, नगदसहित २० लाख रुपैयाँभन्दा बढीको क्षति ।


१५) झापाको दमक नगरपालिकामा मे १ च १२४६ नम्बरको एम्बुलेन्सले अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन जना घाइते, मृत्यु हुनेमा अटो चालक मोरङको उर्लाबारी नगरपालिकाका देवेन्द्र बुढाथोकी र सन्तोष श्रेष्ठ ।


१६) सिँचाइ र मलखाद अभाव झेल्दै आएका किसानको कृषि मिटरको विद्युत् महसुल सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाले तिरिदिने, आठौँ गाउँसभाले गर्‍यो यस्तो निर्णय ।


१७) पर्वतको जलजला गाउँपालिकाले पालिकालाई नगरपालिकामा स्तरोन्नति गर्न नवाैँ गाउँसभाले प्रक्रिया अघि बढायो, सामुदायिक विद्यालयलाई मर्ज गर्ने नीति पनि पारित ।


१८) चितवनको भरतपुर महानगरपालिका–२२ कमलपोखरीस्थित पटिहानीमा घरेलु उपज प्रदर्शनी कक्ष स्थापना गरिने, महानगर प्रमुख रेनु दाहालले गरिन्, प्रदर्शनी कक्षको शिलान्यास ।


१९) बाल श्रमिक खोज्दै दाङको तुलसीपुर उपमहानगर, तीन दिनको अविधमा पाँच जना बालबालिका भए श्रमबाट मुक्त ।


२०) र काठमाडाै‌ंको कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो ‘टोल टोलमा मेयर’ कार्यक्रम ।