close

सिस्ने गाउँपालिकाले बनायो आफ्नै लोगो

सिस्ने गाउँपालिकाले बनायो आफ्नै लोगो

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आफ्नै लोगो बनाएको छ । स्थानीय तह बनेपछि पहिलो पटक सिस्ने गाउँपालिकाले आफ्नै लोगो बनाएको हो ।

 

लोगो हिउँदे अधिवेशनबाट पारित गरिएको छ । सिस्नेको पहिचान झल्कने गरी लोगो बनाइएको गाउँ कार्यपालिकाले जनाएको छ ।

 

पहिलै बनाउनुपर्ने भए पनि विविध कारण ढिला हुन गएको लोगो तयार भएर गाउँसभाबाट पास भएको कार्यपालिका प्रवक्ता जीवन केसीले बताए ।


उनका अनुसार गोलाकारभित्र सिस्नेमा रहेका प्राकृतिक तथा अन्य स्रोत उल्लेख गरिएको छ ।

 

कमल दहले सबै दहको प्रतिनिधित्व गर्छ भने जंगल जनावर, हिमाल र जंगली जडीबुटी राखिएको छ । गाउँपालिकामा पाइने सबै स्रोत समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट लोगो तयार पारिएको हो ।

 

गाउँपालिकाले अब यो लोगो सञ्चालनमा ल्याउनेछ । हरेक कार्यक्रम, ब्यानर र सबैतिर लोगो प्रयोगमा आउने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् ।

 

‘गाउँसभाबाट पारित भएपछि औपचारिक रूपमा लोगो बनेको छ’, अध्यक्ष बरालले भनिन्, ‘अर्थ दिने गरी बनाइएको लोगो प्रयोग अब सबैतिर हुन्छ ।’

 

अब गाउँसभा सदस्यहरूले पनि कोटमा लोगो लाउनेछन् । यसअघि गाउँसभा सदस्यहरू लोगोबिनै सभामा सहभागी हुने गरेका थिए ।

 

रुकुम पूर्वका ३ स्थानीय तहमध्ये भूमे गाउँपालिकाले लोगो बनाई प्रयोगमा ल्याइसकेको छ भने अब पुथाउत्तरगंगा गाउँपालिकाले मात्र आफ्नो लोगो बनाएको छैन ।