close

गलकोट नगरप्रमुखको घरमा अज्ञात समूहद्वारा तोडफोड

गलकोट नगरप्रमुखको घरमा अज्ञात समूहद्वारा तोडफोड

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको गलकोट नगरपालिका प्रमुख भरत शर्मा गैरेको गाउँमा अपरिचित समूहले तोडफोड गरेको छ । उक्त समूहले गैरेको सहित गाउँका ६ घरमा तोडफोड गरी क्षति पुर्‍याएको प्रहरीले जानकारी दिएको हो ।


गलकोट नगरपालिका वडा नम्बर २ बुंखानी र थानाका ६ घरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले बताए । ती घरमा कसैको पनि बसोबास थिएन । 

 

‘ठूलै चोरीका लागि तोडफोड गरेजस्तो देखिन्छ । तर, घरमा भएका भाँडा वर्तन, लत्ताकपडा केही छोएका छैनन्,’ भण्डारीले भने, ‘बहुमूल्य वस्तु थिए-थिएनन् भन्ने विषयमा जानकारी आएको छैन ।’

 

गलकोट नगरप्रमुख हटिया बजार बस्दै आएका छन् । उनको घर खाली थियो । चितवन बस्ने खिनाराम गैरे, नारायण गैरे, चित्रवन गैरे, मोतीलाल गैरे, जापान बस्ने ताराप्रसाद गैरेको घरमा तोडफोड भएको प्रहरीले बताएको छ ।

 

घरमा तोडफोड भएको देखिएपछि सोमबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थल मुचुल्का गरेर फर्किएको छ । तोडफोडपछि हराएका वा क्षति भएका समग्री र तोडफोड गर्नेको खोजी भइरहेको भण्डारीले बताए ।