close

कोरोना प्रभावित व्यवसायलाई पुनर्लाभ कार्यक्रमको सहयोग 

कोरोना प्रभावित व्यवसायलाई पुनर्लाभ कार्यक्रमको सहयोग 

Trulli
ADVERTISEMENT

नवलपरासी- पश्चिम नवलपरासीको सुनवलमा आर्थिक पुनर्लाभ कार्यक्रम सम्पन्न भएको छ । सुनवल सिकाइ केन्द्रमा सम्पन्न कार्यक्रममा कोरोनाबाट प्रभावित व्यवसायीलाई आर्थिक रूपमा सहयोग पुर्‍याउन ४ महिनादेखि सञ्चालित कार्यक्रम सोमबार समापन गरिएको हो ।


यो कार्यक्रमलाई युएस आईडी, हिकोडेफको सहयोग र सुनवल नगरपालिकाको संयोजन रहेको थियो ।

 

कोरोनाले असर पुर्‍याएका व्यवसायलाई लक्षित गरी सुरु भएको यो कार्यक्रमले व्यवसाय बढाउन सहयोग पुगेको बिजना मोटरसाइकल वर्कसप सञ्चालक बिन्जना गौडले बताए ।

 

सुनवलमा कोरोना प्रभावित व्यवसायीलाई कार्यक्रममार्फत ३२ हजार रुपैयाँ उपलब्ध गराइएको थियो । यसले व्यवसाय सञ्चालनमा सहयोग पुगेको सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।

 

उनले भने, ‘कोरोना प्रभावित व्यवसाय बचाउन कृषि क्षेत्रलाई प्राथमिकता दिइनुपर्छ । आफ्नै घरबारीमा तरकारी उत्पादन गरी आर्थिक आर्जन गर्न यो कार्यक्रमले सहयोग पुर्‍याएको छ ।’


सुनवल नगरप्रमुख भीमबहादुर थापाले कोभिडका कारण टुटेको व्यवसाय बचाउन कार्यक्रमले सहयोग पु¥याएको जिकिर गरे । उनले भने, ‘नगरबासीलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाउन र जानै परे सीप सिकेर मात्र जाने सुझाव दिने गरेको छु ।’

 

उद्यमी बन्न चाहनेलाई समूह बनाएर आए आवश्यक तालिम र सीप दिन नगरपालिका तयार रहेको उनले दाबी गरे ।