close

धान र मकैबालीमा सिदिङ्वाको अनुदान

धान र मकैबालीमा सिदिङ्वाको अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले धान र मकै बालीमा किसानलाई अनुदान दिने भएको छ । सिदिङ्वाको कृषि विकास शाखाका अनुसार राष्ट्रिय र स्थानीय महत्त्वका खाद्य तथा पोषण सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो अनुदान दिन लागिएको हो ।


धान र मकैबाली प्रत्येकमा २/२ सय रोपनी जग्गामा खेतीका लागि अनुदान दिन लागिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार धान र मकैबालीका लागि १२/१२ लाख रुपैयाँ गरी २४ लाख रुपैयाँ किसानलाई अनुदान दिन लागिएको छ । 


अनुदान लिनेले १६ माघ २०७७ भित्र गाउँपालिकामा आवेदन दिइसक्नुपर्नेछ । आवेदनका साथ कृषि फर्म, कृषि समूह कृषि सहकारी, उपभोक्ता समूह दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, योजना माग गर्ने संस्थाको कार्यसमितिको निर्णय, अध्यक्ष/प्रोप्राइटरको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिस संलग्न हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।