close

चाँगुनारायणकाे न्यायिक समितिमा डेढ सय मुद्दा 

चाँगुनारायणकाे न्यायिक समितिमा डेढ सय मुद्दा 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा साढे ३ वर्षयता एक सय ५० वटा मुद्दा दर्ता भएका छन् । यीमध्ये अधिकांश मुद्दा नगर न्यायिक समितिले छलफल गरी टुंग्याइदिएको छ । 

 

न्यायिक समितिका अध्यक्ष एवं नगर उपप्रमुख बिना बाँस्तोलका अनुसार ६ वटा मुद्दालाई जिल्ला अदालतमा पठाइएको र बाँकी सबै समितिमार्फत निरुपण भएका छन् भने ७ वटा तामेलीमा छन् ।

 

न्यायिक समितिका अनुसार हाल ३० वटा मुद्दा चालू अवस्थामा छन् । ‘हामीले सोचेभन्दा फरक किसिमका मुद्दा दर्ता भए । लैंगिक हिंसा तथा पारिवारिक समस्याबारे मुद्दा दर्ता हुन्छ भन्ने सोचेका थियौँ,’ उनले भनिन्, ‘तर जग्गा किचलो, जग्गा मिचेको विषयमा मुद्दा दर्ता बढी भए यो । सुरुमा कठिन भए पनि अध्ययनसँगै सहज भयो ।’ 

 

कतिपय मुद्दा न्यायिक समितिमार्फत कागजी रूपमा छिनोफानो भए पनि कार्यान्वयनमा समस्या भएको उनको अनुभव छ । ती विषयमा पुनः छलफल गरी कार्यान्वयन गरिएका छन् । 

 

गुठीका जग्गा समाधान गर्न समस्या हुने गरेको छ । त्यस्तो परिस्थितिमा कानुनी सल्लाहकार, अमिन प्रयोग गरी काम गर्ने गरिएको उनले जानकारी दिइन ।