close

चिसोले लग्यो ४ जनाको ज्यान, तैपनि छैन पालिकाको ध्यान

चिसोले लग्यो ४ जनाको ज्यान, तैपनि छैन पालिकाको ध्यान

Trulli
ADVERTISEMENT

धनुषा– तराई–मधेशमा यतिबेला चिसोले जनजीवन प्रभावित मात्र होइन कठ्यांग्रिएर प्रदेश २ का विभिन्न स्थानमा गरी ४ जनाले ज्यान गुमाइसकेका छन् ।


केहीदिनयता बढेको जाडोमा कठ्यांग्रिएर प्रदेश २ मा एक बालक सहित चार जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रदेश २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।


शीतलहरबाट सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर १ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको हो ।

प्रदेश २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १ सय २७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायव महानिरीक्षक धीरजप्रताप सिंहले पालिकाखबरलाई बताए  ।


दक्षिणी पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएको जनाइएको छ । अहिले मधेशमा अधिकतम तापक्रम घट्न गई चिसो बढेको मौसम विज्ञको भनाइ छ । चिसो बढेकै कारण प्रदेश २ का अधिकांश जिल्लामा विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

 

 चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगी प्रभावित छन् भने  वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने वढी प्रभावित भएका छन् । चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको संख्या बढ्दै गएको छ ।  चिसोले ४ जनाको ज्यान गइसक्दापनि स्थानीय तहहरुसँग जनतालाई चिसोबाट जोगाउन ठोस योजना नै छेन ।


स्थानीय पालिकाहरुले अपनाउनु पर्ने साबधानी र गर्नुपर्ने कार्यहरु सतहमा देखिएको छैन । कोठे बैठक गरेर कागजको पानामा मात्र निर्णयले अब समसया समाधान नहुने नेपाल पत्रकार महासंघ प्रदेश २ समितिका उपाध्यक्ष रिंकू कुमारीले पालिकाखबरलाई बताइन् ।