close

१२ घण्टाका २० खबरः नेकपाको झगडाले अस्पताल र जेलको बास (भिडियो खबर)

१२ घण्टाका २० खबरः नेकपाको झगडाले अस्पताल र जेलको बास (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मकवानपुरको मनहरी गाउँपालिकामा उपाध्यक्ष मनिला विष्टले दिएको राजीनामापत्रमा मिति नभएको र राजीनामा लागू हुने मितिसमेत उल्लेख नभएपछि मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश, पालिकाको कामकाज प्रभावित । 

 

२) डडेल्धुराको परशुराम नगरपालिकाले करारमा खेलकुद प्रशिक्षक पदपूर्ति गर्ने, नरपालिकाले विज्ञापन खुलायो । 

 

३) भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ, पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका-१ का शशिकृष्ण गजमेर र सरोज विश्वकर्मा ।

 

४) झापाको मेची राजमार्गअन्तर्गत भद्रपुर चाराआली सडक खण्डमा मे१ख २५१५ नम्बरको टिपरको ठक्करबाट एक किशोरीको मृत्यु, मृतक मेचीनगर नगरपालिका-१३ की १८ वर्षीया अन्सु शिवाकोटी ।

 

५) गुल्मीमा आगामी असार मसान्तसम्म गरिब परिचयपत्र वितरण गरिने, प्रत्येक स्थानीय तहमा गई तथ्यांक संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणक छनोट ।

 

६) दार्चुलाको शैल्यशिखर नगरपालिका-५ बगौरामा विद्युतीकरणमा ढिलाइ गरेको भन्दै स्थानीयले गरे महाकाली लोकमार्गको ग्वानी बगौरा सडक खण्ड अवरुद्ध, ठेकेदार र प्राधिकरणले लापरबाही गरेको स्थानीयको आरोप ।

 

७) सिन्धुलीको कमलामाई नगरपालिकाले व्यक्तिगत घटना दर्ताका पुराना विवरण अनलाइन प्रणालिमा लग्यो, ढड्डामा खोज्नुपर्ने समस्याको समाधान ।

 

८) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नेकपाको दाहाल-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपको क्रममा घाइते १ जना वडाध्यक्षसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइयो, २ वडाध्यक्षसहित ५ जना पक्राउ ।

 

९)  इलामको सूर्योदय नगरपालिका र कार्यक्रम व्यवस्थापन तथा कार्यान्वयन सहयोग परामर्शदाताबीच दोस्रो चरणको साना सिँचाइ कार्यक्रम सञ्चालन गर्न समझदारीपत्रमा हस्ताक्षर, पहिलो चरणको आयोजना अन्तिम चरणमा ।

 

१०) चिसो बढेपछि कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका विद्यालय केही दिनका लागि बन्द गर्ने नगरको निर्णय, विद्यार्थीको पठनपाठन प्रभावित ।


११) काठमाडौं महानगरपालिका-२६ पवित्रानगरस्थित झाँडीमा नवजात शिशु फेला, शिशुको कान्ति बाल अस्पतालमा उपचार जारी, आमा पक्राउ ।

 

१२) सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर नगरपालिकाले छलफल नै नगरी दुई ठूला यातायात प्रालिलाई संरचना बनाउन दिएपछि यातायात व्यवसायी आन्दोलित, सुर्खेतमा सार्वजनिक यातायात बन्द ।

 

१३) मोरङको पथरी शनिश्चरे नगरपालिकाले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचानका लागि वडा-वडामा फारम भर्ने विषयमा कर्मचारीलाई दियो तालिम, अब लगत संकलन गरिने ।

 

१४) कञ्चनपुरको भीदमत्त नगरपालिकाले स्थापना दिवस मनायो, दिवसका अवसरमा विभिन्न कार्यक्रम ।

 

१५) सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह पहिचान गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य शाखा र रक्त सञ्चार केन्द्रको सहकार्यमा अभियान जारी ।

 

१६) सुरक्षित आप्रवासन परियोजनाद्वारा तनहुँको भानु नगरपालिकाका कार्यपालिका सदस्यहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधिको उल्लेख्य सहभागिता ।

 

१७) कैलालीको धनगढी उप-महानगरपालिकामा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न, बैठकमा सरोकारवालाको सहभागिता ।

 

१८) काभ्रेको नमोबुद्ध नगरपालिकाको आठौँ नगरसभा सम्पन्न, सभाले गर्‍यो विभिन्न निर्णय ।

 

१९) घरेलु हिंसाको आरोपमा भक्तपुरबाट एक इन्जिनियर पक्राउ, पक्राउ पर्नेमा प्राध्यापन पेसामा संलग्न वसन्त पञ्च ।

 

२०) भन्सार छलेर ल्याएको डिजेलसहित विराटनगर महानगरपालिका-११ बाट २ जना पक्राउ ।