close

प्रधानमन्त्रीको विरोधमा उत्रिएका वडाध्यक्ष पक्राउ

प्रधानमन्त्रीको विरोधमा उत्रिएका वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

सप्तरी– प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री तथा नेकपाका नेता केपी शर्मा ओली कदमको विरोधमा उत्रिएका वडाध्यक्षसहित ६ जना नेकपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेकपाको दाहाल–नेपाल खेमाका कार्यकतालाई आज प्रहरीले राजविराजबाट पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम यादव, युवा संघ सप्तरीका अध्यक्ष विनोद यादव, राजु जैसवाल, छेदी रजक, मुकेश यादव र बमबम झा छन् ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले राजविराजमा विरोधको कायृक्रममा हिंसा भड्कने खतरा भएका कारण नियन्त्रणमा लिनुपरेको बताएका छन् । राजविराजमा आज दुवै समूहले कार्यक्रम गर्दैछन् ।