close

बिरुवामा झलुंगे पुलको शिलान्यास

बिरुवामा झलुंगे पुलको शिलान्यास

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ३ खाली जुलुकेनी र ४ सराङ्सेको बीचमा रहेको सुकौरे खोलामा झोलुंगे पुलको शिलान्यास भएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपज तथा विद्यार्थीलाई विद्यालय आउजाउ सहज बनाउन झोलुंगे निर्माण सुरु भएको हो ।

 

झोलुंगे पुलको शिलान्यास राष्ट्रिय युवा संघ अनुशासन विभागका केन्द्रीय सदस्य प्रकाश थापाले गरे । उनले विकासमा राजनीति हुन नहुने बताए । उनले सुकौरे खोलामा पुल हाल्ने चासो कतैबाट नभएपछि आफूले झोलुंगे पुल निर्माणका लागि पहल गरेको दाबी गरे ।

 

शिलान्यास कार्यक्रममा विरुवा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य चन्द्रकुमारी थापाले झोलुंगे पुल निर्माणपछि वडाबासीले आउजाउमा सहज हुने बताए । १ सय ४० मिटर लम्बाइको झोलुंगे पुल १ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको हो ।